१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ३० बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ३० बिहीबार o७:३८:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

‘बेग्लै आकाश’ र ‘खटप्वाल’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ३० बिहीबार o७:३८:oo

घनेन्द्र ओझाद्वारा लिखित ‘बेग्लै आकाश’ र प्रमोद प्याकुरेलद्वारा लिखित उपन्यास ‘खटप्वाल’ सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा १४ जना विविध क्षेत्रमा स्थापित विशिष्ट व्यक्तित्वहरूको संक्षिप्त जीवनी समेटिएको पुस्तक ‘बेग्लै आकाश’ पुस्तकमा समेटिएका व्यक्तित्वहरूबाटै गरिएको थियो भने ‘खटप्वाल’ प्रमुख अतिथि समालोचक रमा शर्मा, गीतकार, चलचित्रकर्मी यादव खरेल, समालेचकहरू महेश पौड्याल, डा. अशोक थापा, लेखक प्याकुरेललगायतले गरेका थिए । 

‘बेग्लै आकाश’माथि संक्षिप्त टिप्पणी गर्दै समालोचक पौड्यालले नेपाली साहित्य, प्राध्यापन, बैंकिङ, राजनीतिलगायत विविध क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाइसकेका व्यक्तित्वहरूका जीवनसंघर्ष, साहित्य–संगीतयात्रा, राजनीतिक संघर्ष, सरकारी जागिरका सकस आदिबारे बुझ्न यो पुस्तक उपयोगी हुने बताए ।

यसरी नै ‘खटप्वाल’भित्र छिर्दै समालोचक डा. अशोक थापाले प्रमोद प्याकुरेलले नेपाली ग्रामीण जीवनका चित्र उपन्यासमा उतारेको बताए । प्रकृतिको मानवीकरण गर्दै दार्शनिक तवरले समकालीन नेपाली समाजका यथार्थ उपन्यासमार्फत प्रकट गरेका उनको भनाइ थियो ।