१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
विदुर पौडेल सिन्धुली
२o८१ जेठ ७ सोमबार o६:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सुनकोसी–मरिण डाइभर्सन एक वर्षभित्र सम्पन्न हुने

Read Time : > 1 मिनेट
विदुर पौडेल, सिन्धुली
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o६:३९:oo

सुनकोसी–मरिण डाइभर्सनको निर्माण कार्य अबको एक वर्षभित्र सम्पन्न हुने भएको छ । हालको भौतिक प्रगतिअनुसार कुनै अवरोध वा समस्या नआएमा अबको एक वर्षभित्र निर्माण कार्य सम्पन्न हुने आयोजनाका डिई अशोक गौतमले बताए । १३.३ किमि सुरुङ निर्माण गर्नुपर्ने आयोजनामा हालसम्म चार हजार ६ सय २८ मिटर निर्माण कार्य सम्पन्न भइसकेको गौतमले जानकारी दिए । आयोजनाको मुख्यमध्येको सुरुङ खन्ने काम २८ असोज ०७९ बाट सुरु भएको हो ।

सिन्धुलीको खुर्कोटदेखि दुई किलोमिटरमाथि सुनकोसी नदीमा १५८ मिटर लामो ब्यारेज, १५० मिटर लामो डिसेन्डिङ बेसिन र १३.३ किमि लामो सुरुङ निर्माण हुनेछ । यसबाट ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन विस्तार गरी सर्लाहीको नवलपुरमा रहेको विद्युत् सबस्टेसनमा लगेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यो राष्ट्रिय गौरवको आयोजना आर्थिक वर्ष ०७७/७८ मा सुरु गरी आर्थिक वर्ष ०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

रूपान्तकारी आयोजना मानिएको सुनकोसीले राष्ट्रिय गौरवको आयोजनाका रूपमा स्वीकृति पाएको आयोजनाका प्रमुख मित्र बरालले बताए । तराईमा यो आयोजनाले सिँचाइ दिने क्षेत्रमा अढाईदेखि तीन गुणासम्म बढी उत्पादन दिनेमा आयोजना विश्वस्त रहेकोसमेत आयोजना प्रमुख बरालले बताए ।

एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन सकिएमा कृषिबाट वार्षिक २६ अर्ब आम्दानी हुने आयोजनाको आकलन छ । आयोजनाले सुनकोसीमा बाँध निर्माण गर्ने, कुसुमटारमा विद्युत्गृह निर्माण गर्ने र हाइड्रो मेकानिकल संरचनाको निर्माण कार्यसमेत सुरु गरिसकेको जनाएको छ । 

यस्तै, आयोजनाको बाँधस्थलमा डुबानमा पर्ने बिपी राजमार्गको ९६५ मिटर सडक र अन्य संरचना ओगट्ने सडकलाई नियमित सञ्चालन गर्न सडकको डाइभर्सन बनाउने कामसमेत तत्काल सुरु गरिने आयोजनाले जनाएको छ । कुसुमटारमा आयोजनास्थलमा पर्ने मदन भण्डारी राजमार्गको ट्र्याक परिवर्तन गरेको पनि आयोजनाले जनाएको छ । ट्र्याक निर्माणको काम भइरहेको छ । 

१३.३ किलोमिटर सुरुङबाट ६७ हजार लिटर प्रतिसेकेन्ड सुनकोसीको पानी मरिणमा झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनको लक्ष्य हो । त्यस्तै, तराईका बारा, रौतहट, सर्लाही महोत्तरी र धनुषाको केही भाग एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित आयोजना सुरु गरिएको हो । सरकारले वैदेशिक सहायताविना आफ्नै लगानीमा यो योजना सुरु गरेको हो ।सुनकोसी–मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माणको ठेक्का ११ अर्ब २९ करोड २७ लाखमा चाइना ओभरसिज कम्पनीलाई दिइएको छ । 

१७ भौतिक संरचना हट्यो 
राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण ड्राइभर्सनका लागि जमिन अधिग्रहण गर्ने काम अगाडि बढेको छ । सरकारले हालसम्म ५३ जना व्यक्तिहरूको १२ बिघा जमिन अधिग्रहण गरेको छ । अब अधिग्रहण गर्न लागिएको जमिनमा ५० व्यक्तिको ७५ कित्ता जमिन रहेको छ । अधिग्रहणको क्रममा १७ घरपरिवार विस्थापित हुने उनले बताए ।

आयोजनाले वितरण गर्ने मुआब्जाका लागि २५ करोड लाग्ने उनले बताए । मुआब्जा वितरणमा भौतिक संरचना, उक्त जमिनमा रहेका फलफूलका बिरुवा, अन्य जातका बोटबिरुवाको समेत डिभिजन वन कार्यालयको दरअनुसार मुआब्जा वितरण गरिएको छ । 

फलफूल तथा अन्य प्रजातिका बोटबिरुवाको डिभिजनल वन कार्यालय सिन्धुलीले निर्धारण गरेको बिक्री मूल्यअनुसार उपलब्ध गराउने उनले बताए । मुआब्जा पाउनेमा अधिकतम १७ लाख पाउनेहरू रहेको पनि प्रमुख केसीले बताए । 

ad
ad