१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीले सोचेअनुसार काम गर्न बहुमत चाहिन्छ : देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:१७:oo

कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने बताएका छन्। सभापति देउवाले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरि सरकारको नेतृत्व लिन सक्ने बताएका हुन्। 

मंगलबार काठमाडौंमा आयोजित पार्टीनिकट नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनमा बोल्दै उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचेअनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे। 

सभापति देउवाले आफ्नो पार्टीले सोचेअनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।उनले संविधानअनुसार सरकार बनाउन पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढ्नुपरेको पनि दोहोर्‍याए।  

‘आज हाम्रो पार्टी सरकारमा छ । भोलि सरकारको नेतृत्व गर्न सक्ने सम्भावना पनि छ । धेरै वर्ष सरकारको नेतृत्व गरेको पनि हो । तर, अझै यो पार्टी एकदमै अहिलेको संविधानअनुसार कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन । तैपनि भोलि हामी सबै लागेर नेपाली कांग्रेसलाई बहुमत ल्याउनेतिर हामी सबै लाग्यौँ भने, यसमा शिक्षक संघको पनि योगदान भयो भने हाम्रो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना छ। त्यसका लागि नेपाली कांग्रेस बलियो हुन जरुरी छ । नेपाली कांग्रेसको ठाउँठाउँमा जो संठगनमा समस्या छ । त्यो समाधान हुन जरुरी छ । यसमा शिक्षक संघको ठूलो भूमिका हुनेछ।’

त्यस अवसरमा सभापति देउवाले शिक्षकहरूको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिए।