१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नक्सापासको प्रक्रिया अघि बढेको छ : समिट होटेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:३८:oo

नक्सापासविनै समिट अपार्टमेन्टको जग्गा खन्दा आसपासका घर भासिएको घटनालाई लिएर चौतर्फी आलोचना भएपछि अपार्टमेन्ट निर्माण कम्पनीले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेको छ । समिट होटेलको तर्फबाट सोमबार सार्वजनिक विज्ञप्तिमा अपार्टमेन्ट निर्माणका लागि नक्सापासको प्रक्रिया काठमाडौं उपत्यका विकास प्राधिकरणमा अघि बढेको उल्लेख छ । 

होटेलको प्रोजेक्ट सञ्चालक संचित श्रेष्ठको नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘परियोजनाको नक्सा पाससम्बन्धी मामिला काठमाडौं उपत्यका विकास प्राधिकरणले हेर्ने भएकाले सोही कार्यालयबाट अगाडि बढाइएको जानकारी गराइन्छ । साथै, नक्सा र वातावरणीय प्रभाव मूल्यांकनसहितको प्रगति विवरण ललितपुर महानगरपालिकामा पेस गरिनेबारे नगरप्रमुखलाई जानकारी गराइसकिएको अवगत गराइन्छ ।’

जग खन्ने क्रममा जमिन भासिँदा निम्तिएको समस्या समाधान गर्न निर्माण कम्पनी, स्थानीय र जनप्रतिनिधिबीच छलफल भइसकेको हुँदा सोही सहमतिअनुसार काम अघि बढाउने समिट होटेलले जनाएको छ । ‘समस्या देखिएलगत्तै निर्माण कम्पनी, स्थानीय र जनप्रतिनिधिसमेतको रोहवरमा छलफल गरी समस्या समाधानका लागि सहमति भइसकेको र सोही सहमतिअनुसार काम अघि बढाइनेछ,’ विज्ञप्तिमा भनिएको छ । 

ad
ad