१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार o६:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विदेशी खेलाडी भित्र्याएपछि पुलिसको जित

लिगको सातौँ चरणमा दुई विदेशीलाई मैदानमा उतारेको नेपाल पुलिस क्लबले लिगमा फ्रेन्ड्स क्लबलाई ३–१ ले हरायो । जारी सहिद स्मारक ए डिभिजन लिगमा पुलिसको यो पहिलो जित हो ।

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:१५:oo

विदेशी खेलाडी अनुबन्ध गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार सहिद स्मारक ए डिभिजन लिग ०७९–८० मा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सातौँ चरणमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–१ ले हरायो । यसअघि पुलिसले पाँच हार र एक बराबर नतिजा निकालेको थियो । लिगमा पहिलो जितको स्वाद लिएको पुलिस साँतौँ चरणपछि १३औँ स्थानमा उक्लेको छ । 

यसअघि पुलिस छैटौँ चरणसम्म रेलिगेसन क्षेत्रमा थियो । यद्यपि, अहिले पनि रेलिगेसन क्षेत्रमै रहे पनि पुलिसले फ्रेन्ड्स क्लबलाई एक स्थान पछाडि धकेलेको छ । ए डिभिजन लिगमा तीनपटक उपाधि जितेको पुलिसले जारी लिगमा राम्रो नतिजा निकाल्न पहिलोपटक विदेशी खेलाडी अनुबन्ध गरेको हो । 

लगातारको हारसँगै दबाबमा देखिएको पुलिसले सातौँ खेलमा फ्रेन्ड्सविरुद्ध दुई विदेशी खेलाडी मैदानमा उतारेको थियो । पुलिसले घानाका मोसेज ग्याम्बा वुम र जोए आल्डूलाई मैदानमा उतारेको थियो । दुवै खेलाडीले पहिलो खेलमा पूरा समय मैदानमा बिताए । मोसेजले एक गोल गरे ।

विदेशी खेलाडीको आगमनसँगै पुलिसको मिडफिल्ड र फिनिसिङ पक्ष बलियो देखियो । यसअघिका खेलमा पुलिस विपक्षीविरुद्ध फिनिसिङमा चुकेको थियो । फ्रेन्ड्सविरुद्ध पुलिसले रक्षापंक्तिमा समेत सुधारिएको प्रदर्शन ग¥यो । मिडफिल्डर जोएले फ्रेन्ड्सलाई कुनै दबाब सिर्जना गर्न नै दिएनन् । 

पुलिसका प्रशिक्षक चेतकुमार घिमिरेले विदेशी खेलाडी अनुबन्धसँगै टोलीमा सुधार आएको बताए । ‘छैटौँ म्याचपछि जित निकालेका छौँ । त्यसले टोली खुसी छ,’ उनले भने, ‘विदेशी खेलाडीको आगमनसँगै राम्रो भएको छ ।’ प्रशिक्षक घिमिरेले विदेशी खेलाडी अनुबन्धसँगै टोलीको सन्तुलन मिलेको जनाए । ‘पहिलो खेलमै खेलाडीबीच तालमेल मिलेको देखियो,’ उनले भने, ‘यो जितले आगामी खेलमा खेलाडीको उच्च मनोबल हुनेछ ।’

बुद्धको दुई गोल
पुलिसको जितमा युवा स्ट्राइकर बुद्धबल तामाङले दुई गोल गरे । यद्यपि, विदेशी खेलाडी मोसेजले खेलमा अग्रता लिएका थिए । फ्रेन्ड्सले पुलिसलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । पुलिसले खेलको ५१औँ मिनेटमा पहिलो गोल ग¥यो । घानाका २० वर्षीय मोसेजले पुलिसलाई अग्रता दिलाए । बुद्धले खेलको ५९औँ मिनेटमा पुलिसलाई २–० को अग्रता दिलाएका थिए ।

खेलको ८७औँ मिनेटमा फ्रेन्ड्सका टोरिक जेब्रिनले खेललाई २–१ को स्थितिमा झारे । बुद्धले ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पुलिसले लिगमा पहिलो जित निकाल्न सफल भयो । फ्रेन्ड्स र पुलिसले सात खेलबाट समान चार अंक बटुलेका छन् ।

 सन्तोष साहुखलको गोल 
जापानबाट फर्किएका सन्तोष साहुखलले थ्री स्टारसँग अनुबन्धित भएको दोस्रो दिनै गोल गरेका छन् । थ्री स्टारले सोमबार मनाङ मस्र्याङ्दीसँग प्रतिस्पर्धा गरेको थियो । थ्री स्टारले खेलमा १–० को अग्रता लिएको थियो । सात वर्षपछि थ्री स्टारसँग आबद्ध भएका सन्तोषले खेलको ७८औँ मिनेटमा लाकेन लिम्बूको पासमा आकर्षक गोल गरेका थिए । सन्तोषले प्रहार गरेको बल मनाङका गोलरक्षक तथा कप्तान दीप कार्कीले ठम्याउन सकेनन् । सन्तोष गत दुई सिजन च्यासल युथ क्लबबाट खेलेका थिए । च्यासल बी डिभिजनमा घटुवा भएको छ ।

त्यसअघि, सन्तोष थ्री स्टारमै थिए । ०७२ सालको राष्ट्रिय लिग चलिरहँदा सन्तोष थ्री स्टार छोडेर जापान पुगेका थिए । पछिल्लो समय उनी लिग खेल्न नेपाल फर्कने गरेका थिए । एक गोलले पछि परेको मनाङ ८४औँ मिनेटमा खेलमा फर्र्कियो । स्ट्राइकर कोफी कुडोले बराबरी गोल गरे । कोफीले विशोन गुरुङको पासमा हेड गोल गरेका थिए । बराबरका बाबजुद मनाङ सात खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा छ । ११ अंक जोडेको थ्री स्टार छैटौँ स्थानमा छ । 

चर्च ब्वाइज र एपिएफले अंक बाँडे 
उपाधि दाबेदार मानिएको चर्च ब्वाइज युनाइटेडले अर्काे विभागीय टोली एपिएफ फुटबल क्लबसँग गोलरहित बराबर खेलेको छ । दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि सदुपयोग गर्न सकेनन् । चर्च ब्वाइजका आधा दर्जन गोल अवसरमा एपिएफका जापानी गोलरक्षक याया कुरियामा बाधक बनेका थिए ।

पहिलोपटक माथिल्लो डिभिजनमा प्रतिस्पर्धा गरिरहेको चर्च ब्वाइजले एपिएफमाथि दबाब राखेको थियो । एपिएफले प्राप्त मौकामा चर्च ब्वाइजविरुद्ध गोल प्रयास गरेको देखिन्थ्यो । तर, खेलको कुनै पनि समयमा एपिएफले चर्च ब्वाइजको डिफेन्स लाइन तोड्न सकेन । चर्च ब्वाइजले अपराजित यात्रा कायम राखेको छ । चर्चको सात खेलबाट तीन जित र चार बराबरीसहित १३ अंक छ । एपिएफले समान खेलबाट तीन जित, दुई बराबरी र दुई हारसहित ११ अंक जोड्न सफल भएको छ । 

 

ad
ad