१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद श्रेष्ठको अडियो प्रकरण छानबिन गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४५:oo

कांग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन्। 

सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद श्रेष्ठले सांसदले गरेको भ्रष्टाचार र कमिसनमा प्रतिनिधिसभा चुप लागेर बस्नु नहुने बताएका हुन्।

सांसद श्रेष्ठलाई छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरे । त्यस्तै श्रेष्ठले सभापति रवि लामिछानेको ‘कोर टिम’लाई बुझाउनपैसा चाहिएको भनेको भन्दै सो ‘कोर टिम’ को हुन् भन्ने विषयमा पनि छानबिन हुनुपर्ने बताए। यस्तै आजको राष्ट्रिय सभा बैठकमा पनि उक्त घटनाको छानबिन हुनुपर्ने माग गरेका छन्। 

राष्ट्रिय सभा बैठकमा नेकपा एमालेकी सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन  गरी कारबाही गर्न सरकारसँग माग गरिन्।  

आइतबार  सांसद श्रेष्ठले मन्त्री बन्नका लागि दुई करोड चाहिएको भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि त्यो सामाजिक सञ्जालमा भइरल भइरहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई निलम्बिन गरी २४ घन्टे स्पष्टीकरण सोधेको छ।

सांसद रावलले त्यस्ता घटना सत्य हुन् वा होइनन् ? तथ्य बाहिर ल्याउन सरकारले तत्काल छानबिन गर्नुपर्ने बताइन्। 

रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा संसदमा माफी मागेकाे छ।