मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ९ मंगलबार
  • Tuesday, 26 September, 2023
संजित परियार काठमाडाैं
२०७९ चैत २७ सोमबार १४:३७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सिंहदरबारभित्रको फोहोर [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७९ चैत २७ सोमबार १४:३७:००

काठमाडौं महानगरपालिकाले सिंहदरबार क्षेत्रको फोहोर उठाउन छाडेको छ । आइतबार बिहानदेखि महानगरले सिंहदरबारभित्रको फोहोर उठाउन छाडेको हो ।

शुक्रबार गैरीगाउँस्थित बागमती करिडोरमा बनेका अवैध संरचना भत्काउन जाँदा गृह मन्त्रालय र सहरी विकास मन्त्रालयले असहयोग गरेको भन्दै मेयर बालेन्द्र साहले सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए ।

सिंहदरबार क्षेत्र काठमाडौं महानगरपालिका–  ११ वडाभित्र पर्छ । महानगरसँग अनुमति लिएर यहाँको फोहोर परिवर्तन सेवा नेपाल भन्ने निजी संस्थाले उठाउँदै आएको छ ।

मेयर साहको घोषणाबमोजिम वडा कार्यालयले पनि सिंहदरबारको फोहोर नउठाउन निजी कम्पनीलाई निर्देशन दिएको छ । महानगरका अनुसार सिंहदरबारभित्र कुहिने र नकुहिने गरी दैनिक सात टन (एक टिपर) फोहोर संकलन हुन्छ ।