१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृह तथा भौतिक पूर्वाधारमन्त्रीसहितको टोली नारायणगढ-बुटवल सडकखण्डकाे निरीक्षणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४३:oo

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नारायणगढ–बुटवल सडकखण्डको स्थलगत निरीक्षणमा गएका छन्। 

गृहमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री ज्वाला, नेपालका लागि चिनियाँ राजदूत सङलगायतको टोली निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्डको स्थलगत निरीक्षणमा गएका हुन्। 

गत साउन महिनाभित्रै सक्ने गरी चार वर्षअघि विस्तार थालिएको उक्त सडकको कार्यप्रगति २७ प्रतिशत मात्रै भएकाे बताइएकाे छ। ४४ महिनामा सम्पन्न गर्ने गरी विस्तारको कामका लागि भएको सम्झौताको म्याद सात महिनाअगाडि नै सकिएको थियो।  निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो ।

थपिएको समय सकिन अब करिब पाँच महिना बाँकी छ। उक्त सडकखण्डको निर्माणकाे जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले लिएको छ।