१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार ११:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को बिक्री सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:o१:oo

सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाइहरू सर्वसाधारणमा निष्कासन तथा बिक्री खुला भएको छ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यो छैटौँ सामूहिक लगानी कोष योजना हो । 

प्रतिइकाइ अंकित मूल्य १० रुपैयाँ रहेको योजनाको आकार एक अर्ब २० करोड रुपैयाँको रहेको जनाइएको छ । जसमध्ये सिद्धार्थ बैंक लिमिटेडले न्यूनतम एक करोड २० लाख इकाइ तथा सिद्धार्थ क्यापिटल लिमिटेडले न्यूनतम ६० लाख इकाइ बीज पुँजीका रूपमा लगानी गर्ने उल्लेख छ ।

त्यस्तै, सर्वसाधारणका लागि १० करोड २० लाख इकाइ सार्वजनिक रूपमा बिक्रीका लागि निष्कासन गरिने जनाइएको छ । योजनामा न्यूनतम एक सय इकाइ र अधिकतम एक करोड २० लाख इकाइसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । योजनाको अवधि इकाइ बाँडफाँट भएको मितिले १० वर्ष रहेको उल्लेख छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडले यसअघि चारवटा बन्दमुखी योजना (सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–१, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम, सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२) र एउटा खुलामुखी योजना (सिद्धार्थ व्यवस्थित लगानी योजना) सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

ad
ad