१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सांग्रिला डेभलपमेन्टका अध्यक्षले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:३९:oo

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष उज्ज्वल सत्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । सत्याल १८औँ वार्षिक साधारणसभाबाट निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

 नवनिर्वाचित अध्यक्ष सत्याललाई नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनाले शपथग्रहण गराएको जनाइएको छ । सञ्चालक समितिका अध्यक्ष सत्यालबाट अन्य सञ्चालकहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेपश्चात् नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने बैंकले जनाएको छ । 

हाल बैंकले देशभरमा एक सय १२ शाखा, ३० एटिएममार्फत सेवा दिँदै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको जनाएको छ ।
 

ad
ad