१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १८:१७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

पहिचानको आधारमा पुनः नामकरण गर्न प्रेस सेन्टरकाे माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१७:oo

प्रेस सेन्टर नेपालले कोसी प्रदेशको नाम तत्काल संशोधन गरेर पहिचानको आधारमा पुनः नामकरण गर्न माग गरेको छ। खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा सम्पन्न कोसी प्रदेश समितिको पहिलो साधारणसभाले कोसी नामकरणको विरुद्ध आन्दोलनरत शक्तिहरूसँग तत्काल वार्ता गरी पहिचानको आधारमा पुनः नामकरण गर्न प्रदेश सरकारसमक्ष माग गरेको हो।

१५ बुँदे चखेवा घोषणापत्र जारी गरेको प्रेस सेन्टर प्रदेश समितिले श्रमजीवी पत्रकार ऐन कार्यान्वय गर्न, सञ्चारविरोधी ऐन खारेज गर्न, स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई अनिवार्य उपलब्ध गराउन, लोककल्याणकारी विज्ञापनको शुल्क समयानुसार वृद्धि गर्न, द्वन्द्वपीडित, अशक्त, अपांग पत्रकार र उनीहरूको परिवारलाई उपचार र रोजगारसँगै राहात तथा क्षमता अभिवृद्धिमा विशेष प्राथमिकता दिन प्रदेश सरकारसमक्ष माग गरेको छ।

कोसी प्रदेशभित्र सञ्चालनमा रहेका स्वरोजगारमुखी सञ्चारमाध्यमहरूलाई आत्मनिर्भर बनाउन, प्रदेश र पालिका तहमा पत्रकार सुरक्षा कोष स्थापना गरेर सञ्चालनमा ल्याउन, पर्यटकीय स्थल चखेवा भञ्ज्याङको दिगो पर्यटन प्रवर्द्धनका लागि योजनासहित बजेट विनियोजन गर्न साधारणसभामार्फत तीनवटै तहका सरकारसमक्ष माग गरिएको प्रदेश अध्यक्ष विनोदप्रभात घिमिरेले जानकारी दिए।