मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ७ आइतबार
  • Sunday, 24 September, 2023
२०७९ चैत २६ आइतबार १३:०७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीका दुई पालिका र भरतपुर महानगरबीच भगिनी सम्बन्ध 

Read Time : > 1 मिनेट
२०७९ चैत २६ आइतबार १३:०७:००

 गुल्मीको धुर्कोट र रुरु गाउँपालिकाले चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्झौता गरेका छन्।

धुर्कोट गाउँपालिकाले तीन वटा स्थानीय तहसंग भगिनी सम्झौता गरेको छ। पछिल्लो पटक शनिबार धुर्कोट गाउँपालिकाले चितवनको भरतपुर महानरपालिकासंग भगिनी सम्झौता गरेको हो। 

धुर्कोटले बाग्लुङको ताराखोला तनुहको बन्दिपुर गाउँपालिकाबिच भगिनी सम्झौता गरिसकेको छ। धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले भरतपुर महानरपालिकाका प्रमुख रेनु दाहालसँग संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेको हुन्।

दुई स्थानीय तहबीच मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा प्रचार–प्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने, दुवै स्थानीय तहले कृषि र पशुपालनका क्षेत्रमा अपनाइएका नयाँ प्रविधि, ज्ञान, सीपको आदान–प्रदान गर्दै कृषकहरुलाई विभिन्न तालिम तथा भ्रमण लगायतका कार्यक्रम संचालन गर्ने उदेश्यले भगिनी सम्बन्ध स्थापना गरिएको धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले बताए।

दुवै पालिकाले उद्यमशिलतामा बृद्धि गरी आय–आर्जनलाई प्रभावकारी  बनाउने, शिक्षालाई समय सापेक्ष बनाउनका लागि दुुवै पालिकाले विद्यालयमा प्राविधिक शिक्षाको संचालन र प्रवद्र्धन गर्ने, विकासका सफल अभ्यासहरुको अवलम्वन गर्नका लागि प्राविधिक सहयोग आदान–प्रदान गर्ने, दमकल र एम्बुलेन्स सेवाको संचालन तथा बस्ती विकासका लागि भू–उपयोग योजना तर्जुमा गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि दुवै पालिकाले आवश्यक सहयोग आदान–प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले बताए। 

कार्यक्रममा बोल्दै भरतपुर महानरपालिकाका प्रमुख दाहालले भगिनी सम्बन्ध कार्यक्रम र सम्झौतामा मात्र सिमित नगरेर व्यवहारमा लागु हुनुपर्नेमा जोड दिइन्। 

आफूहरुको मुख्य ध्यान आर्थिक विकास गर्नु भएको भन्दै यसमा धुर्कोट र रुरु गाउँपालिकासँग समन्वय गर्ने बताइन्। संघीयताको मर्म बुझेका दुवै पालिकाहरुबीच भगिनी सम्बन्ध स्थापना गर्दा संघीयता कार्यान्वयनमा पनि थप मद्धत पुग्ने दाहालको भनाइ छ।