Skip This
नक्सापासविना नै अपार्टमेन्ट निर्माण, जग खन्दा भासिए वरपरका घर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २६ आइतबार
  • Saturday, 27 July, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
टेकराज थामी काठमाडाैं
२o७९ चैत २६ आइतबार o६:o७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नक्सापासविना नै अपार्टमेन्ट निर्माण, जग खन्दा भासिए वरपरका घर

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत २६ आइतबार o६:o७:oo

एउटा घर ढल्यो, चारवटा चर्किए, केही स्थानीय आफन्तको शरणमा, कसैको होटेलमा वास, जग्गा चिरा पर्दा जोखिम कायमै

नक्सापासविना नै निर्माण सुरु गरिएको ललितपुरको बखुन्डोलस्थित समिट अपार्टमेन्टको जग खन्दा वरपरका घर भासिँदा स्थानीयको उठीवास लागेको छ । अपार्टमेन्ट नजिकको एउटा घर पूर्ण रूपमा ढलेको छ भने चारवटा घर चर्किएका छन् । 

चिरिबाबु महर्जन, मेयर, ललितपुर महानगर

समिट अपार्टमेन्टको जग खन्दा आसपासका घर भासिएको खबर मैले पनि पाएँ । अपार्टमेन्ट सम्बन्धमा मैले मातहतका कार्यालयमा बुझेँ । तर, उसले महानगरपालिकाबाट नक्सापास गरेको छैन । निर्माण कम्पनीले जबर्जस्ती अपार्टमेन्ट निर्माण गरेको देखिन्छ । नक्सापासविना नै अपार्टमेन्ट निर्माण भएको हुँदा यसमा सरासर गल्ती निर्माण कम्पनीकै छ । उसकै गल्तीका कारण निर्दोष स्थानीय विस्थापित हुनुपर्ने अवस्था आयो । यस्तो हुनु अपराध हो । दोषीलाई कानुनअनुसार कारबाही त हुन्छ नै, पीडितको घर पनि कम्पनीले नै बनाइदिनुपर्छ ।

घरमा क्षति भएपछि कोही आफन्तको शरणमा पुगेका छन् भने कोही होटेलमा बस्न बाध्य भएका छन् । अपार्टमेन्टआसपासका खाली जग्गा पनि चिराचिरा परेर माटो खस्न रोकिएको छैन । जग खनिएको ठाउँमा पानी रसाएको छ । 

करिब १८ रोपनी जग्गामा निर्माणाधीन बहुतले अपार्टमेन्टको जग खन्न एक महिनाअघि सुरु भएको थियो । तर, निर्माण कम्पनीले साँध–सँधियारसँग छलफलसम्म पनि नगरेको मात्रै होइन, अपार्टमेन्ट बन्दै गरेको जमिनको माटो र वातावरणीय परीक्षणसमेत गरेको छैन । कानुनतः भवन निर्माणअघि सम्बन्धित स्थानीय तहबाट अनिवार्य रूपमा नक्सा पास गराउनुपर्छ । बहुतले संरचना निर्माण गर्दा अनिवार्य रूपमा माटो तथा वातावरणीय परीक्षण पनि गराउनुपर्छ । त्यस्तै, निर्माण कम्पनीले आसपासका छिमेकीको स्वीकृति पनि अनिवार्य लिनुपर्छ । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले समिट अपार्टमेन्ट निर्माण गर्ने उद्देश्यले कसैले पनि महानगरपालिकासँग नक्सा पास नगरेको बताए । उनले भने, ‘समिट अपार्टमेन्टको जग खन्दा आसपासका घर भासिएको खबर मैले पनि पाएँ । अपार्टमेन्ट सम्बन्धमा मैले मातहतका कार्यालयमा बुझेँ । तर, उसले महानगरपालिकाबाट नक्सा पास गरेको छैन । निर्माण कम्पनीले जबर्जस्ती अपार्टमेन्ट निर्माण गरेको देखिन्छ ।’

स्थानीयहरूका अनुसार जग खन्न सुरु गर्दा नै आवश्यक सुरक्षा अपनाउन निर्माण कम्पनीलाई पटकपटक भनेका थिए । तर, निर्माण कम्पनीले स्थानीयलाई बेवास्ता गर्दै जग खन्ने कामलाई निरन्तरता दिएको थियो । घरको जग नै भासिन सुरु गरेपछि पनि स्थानीयले निर्माण कम्पनीको पटकपटक ध्यानाकर्षण गराएका थिए । त्यसपछि पनि निर्माण कम्पनीले काम नरोकेपछि क्षति निम्तिएको छ । 

मेयर महर्जनले भत्किएका घर अपार्टमेन्ट निर्माण कम्पनीले नै बनाइदिनुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताए । यसका लागि महानगरपालिकाले आवश्यक कानुनी कारबाही तत्काल अघि बढाउने र घटनाको छानबिन गर्ने उनको भनाइ छ । ‘नक्सा पासविना नै अपार्टमेन्ट निर्माण भएको हुँदा यसमा सरासर गल्ती निर्माण कम्पनीकै छ । उसकै गल्तीका कारण निर्दोष स्थानीय विस्थापित हुनुपर्ने अवस्था आयो,’ उनले भने, ‘यस्तो हुनु अपराध हो । दोषीलाई कानुनअनुसार कारबाही त हुन्छ नै, पीडितको घर पनि कम्पनीले नै बनाइदिनुपर्छ ।’

घरहरू भत्किएको तथा भासिएको खबरलगत्तै ललितपुर–३ की सांसद डा. तोसिमा कार्की स्थलगत निरीक्षणमा पुगेकी थिइन् । उनले अपार्टमेन्टको लापरबाहीका कारण स्थानीयको घर भत्किएको र उनीहरू विस्थापित हुने अवस्था सिर्जना भएको बताइन् । ‘अपार्टमेन्टको जग खन्दा आसपासका घर भासिएको सूचनालगत्तै म स्थलगत निरीक्षणमा पुगेकी थिएँ । प्राप्त सूचनाअनुसार अपार्टमेन्टको जग खन्दा आसपासका घर भासिएका छन् । जसमध्ये एउटा घर पूरै ढलेको छ । स्थानीय विस्थापित भएका छन्,’ उनले भनिन्, ‘निर्माण कम्पनीले अपार्टमेन्ट बनाउँदा नक्सा पास नगरेको सूचना पाएकी छु । यो सरासर कम्पनीको लापरबाही हो । यसमा छानबिन हुनुपर्छ । दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्छ ।’