१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
आरके प्रखर काठमाडौं
Invalid date format १७:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आरआरमा स्ववियु निर्वाचन पुनः अन्योलमा

Read Time : < 1 मिनेट
आरके प्रखर, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:oo:oo

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ३० चैतमा तोकिएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारी मनोनयनको समय तोकिएको थियाे। तर, प्रहरीले मनोनयन दर्ता गर्न नदिएको भन्दै एमालेनिकट अखिलले विरोध जनाएको छ। प्रहरीले माथिको आदेश भन्दै मनोनयन दर्ता गर्न नदिएको आरआर क्याम्पसका निवर्तमान स्ववियु सभापति तपेन्द्रजंग शाहीले बताए।

‘हिजोअस्ति प्रहरीले साथ दिएन। ढुंगा हान्नेलाई भित्र छिराएर प्रहरी पारि बस्ने गर्थ्यो। आज निर्वाचन कमिटीले प्रक्रिया अघि बढाउँदा कसैलाई पनि नोमिनेसन गर्न जान दिएन,’ उनले भने। हार्ने अवस्था भएकाले नेविसंघ र क्रान्तिकारीले राज्य शक्तिको दुरुपयोग गरेको उनको आरोप छ।

आरआरमा यसअघि पनि भर्ना विवादका कारण निर्वाचन रोकिएको थियो। अखिलले भर्ना बन्द भइसकेपछि फर्जी भर्ना गराएको भन्दै अखिल क्रान्तिकारीले निर्वाचन बहिस्कार गरेको थियो।

निर्वाचन कमिटीले आफूहरूको माग सम्बोधन नगरेको अखिल क्रान्तिकारीको भनाइ छ। ‘फर्जी भर्नाको छानबिन गर्ने भनिए पनि छानबिन प्रक्रियामा हामीलाई नराखी सेटिङ गरेर निर्वाचनकाे मिति तोकियो,’ अखिल क्रान्तिकारीका क्याम्पस जिल्ला इन्चार्ज देवेन्द्र शर्माले भने।

रोकिएका सबै क्याम्पसमा एकैपटक निर्वाचन गर्नुपर्ने भन्दै उनले आरआरमा मात्र जबर्जस्ती अघि नबढ्न चेतावनी दिएका छन्।