
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नागरिकता विधेयकमा राजनीतिक दलहरूबीच सहमतिको प्रयास भइरहेको बताएकी छिन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री शर्माले नागरिकता विधेयक छिटोभन्दा छिटो ल्याउनु सरकारको प्राथमिकतामा परे पनि सहमति खोज्ने प्रयास हुँदा समय लागेको बताइन् । विगतका समस्या नदोहोर्याउन सहमतिका लागि प्रयास गरिएको उनले प्रस्ट पारिन् ।
‘नागरिकता ऐन वास्तवमा ६ महिनाभित्र ल्याउने भन्नाले ६ महिना कुराउनुपर्छ भन्ने होइन । छिटोभन्दा छिटो ल्याउने कुरा नै हो । त्यसकारण सरकारको प्राथमिकतामा छ । अलिअलि सहमति खोज्नुपर्छ यो विषयमा, त्यसले गर्दा केही समय लागेको हो । विगतमा पनि समस्या भयो, अब त्यो समस्या नहोस् भनेर हामी सहमति खाज्ने प्रक्रियामा छौँ,’ मन्त्री शर्माले भनिन् ।