१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिमा आएको होइन : रघुजी पन्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:४३:oo

एमाले सांसद रघुजी पन्तले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम राष्ट्रिय सहमतिको नभएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले प्रस्तुत गरेको न्यूनतम साझा कार्यक्रम सत्तारूढ १० दलको मात्रै भएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार सरकारका साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेपछि यसलाई राष्ट्रिय सहमतिमा आएको भन्न मिल्ने बताएका थिए । एमाले प्रमुख प्रतिपक्ष दलको हैसियतमा रहेको र एमालेको हस्ताक्षर नभएको उल्लेख गर्दै पन्तले त्यसलाई राष्ट्रिय सहमतिको कार्यक्रम भन्न नमिल्ने प्रस्ट्याए ।

‘जुन साझा सहमति उहाँहरूले ल्याउनुभएको छ, यो त १० दलको हो । हस्ताक्षर नै १० दलका नेताहरूले गर्नुभएको छ । संसदमा १० दल मात्रै छन् ? नेकपा (एमाले) प्रमुख प्रतिपक्षको हैसियतमा छ र उसले त्यसमा हस्ताक्षर गरेको छैन । अनि कसरी यो राष्ट्रिय सहमतिको दस्ताबेज भयो ?’ उनले भने ।

सांसद पन्तले कार्यक्रममा सबैका घोषणापत्रबाट राम्रा राम्रा कुरा झिकेर राखिएको आरोप लगाउँदै सरकारको प्राथमिकताको विषय मूर्त रूपमा आउन नसकेको बताए ।  ‘१३ पेजको दस्ताबेज तपाईंहरू पढ्नुस् । सबैका घोषणापत्रबाट राम्रा–राम्रा कुरा झिकेर राखेको छ । सबैथोक हुनु भनेको केही पनि नहुनु हो । मूर्त रूपले यी–यी कुराहरू हाम्रो प्राथमिकताका विषय हुन् भनेर तोक्न सक्नुभएको छैन,’ उनले भने ।
 

ad
ad