मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत २३ बिहीबार १०:१८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

व्यायाम जानुअघि ख्याल राखौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत २३ बिहीबार १०:१८:००

हाम्रो शरीरलाई फिट तथा मस्तिष्कलाई फ्रेस राख्न दैनिक व्यायाम गर्न जरुरी छ । व्यायाम गर्दा पर्यात पसिना बग्छ, रक्तसञ्चार राम्रो हुन्छ, शरीरलाई स्वस्थ र फुर्तिलो राख्छ । तर, जथाभावी व्यायाम गर्दा शरीरलाई उल्टै हानि गर्ने जोखिम पनि रहन्छ । त्यसैले व्यायाम गर्दा हामीले केही कुरा ख्याल राख्न जरुरी छ । 

सन्तुलित भोजन 
खाली पेटमा व्यायाम गर्नुहुँदैन । त्यस्तै, खाना खानेबित्तिकै पनि व्यायाम गर्नुहुँदैन । व्यायाम गर्नुभन्दा एक घन्टाअघि कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ । चना, दूध, अन्डा, ओट्स, ब्राउन ब्रेड, बदाम, काजु, किसमिस, ओखर, फलफूल आदिले शरीरको प्राकृतिक शक्ति र दिमागको कन्सन्ट्रेन्ट पावर बढाउन भूमिका खेल्छन् । व्यायामपछि पनि प्रोट्रिनयुक्त खानेकुरा वा प्रोट्रिन सेक लिनुपर्छ । नियमित व्यायाम गर्ने व्यक्तिले बिहानदेखि बेलुकासम्म तीन घन्टाको फरकमा दिनको ६ पटक प्रोटिनयुक्त खानेकुरा खाँदा राम्रो हुन्छ । 

प्रशिक्षकको निगरानी 
प्रशिक्षकको प्रत्यक्ष निगरानीमा व्यायाम गर्नु राम्रो हुन्छ । शरीरलाई वार्मअप र स्ट्रेचिङ नगरी अभ्यास गर्दा मांसपेशी फाट्ने समस्या देखिन सक्छ । आफ्नो शरीरको तौलअनुसार कार्डियो, जम्पिङ, फास्ट ट्रयाक अभ्यास, हेभी जिम, लाइट जिम आदि गर्नुपर्ने हुन्छ । प्रशिक्षकको निगरानीमा अभ्यास गर्दा यी कुरा बुझ्न सहज हुन्छ । प्रशिक्षकको सल्लाहले डाइट प्लान तयार गर्न पनि सहज हुन्छ । ज्यान घटाउने वा बढाउने भन्दैमा मनपरी तरिकाले अभ्यास गर्नु राम्रो होइन । कुन अभ्यास गर्दा कस्तो पोजिसनमा बस्ने, कतिवेला सास तान्ने र छाड्ने भन्ने जानकारी हुनुपर्छ । गलत तरिकाले अभ्यास गर्दा ढाड सड्किने, हातका जोर्नी र कुम दुख्ने, घुँडा दुख्ने, शरीर बिग्रने आदि समस्या देखिन सक्छन् ।

समयसीमा निर्धारण 
निश्चित समयसीमा निर्धारण गरेर सधैँ उही समयमा अभ्यास गर्दा राम्रो नतिजा निस्किन्छ । हामीले दैनिक एकदेखि दुई घन्टासम्म कुनै पनि शारीरिक अभ्यास गर्न सक्छौँ । जिमका सबै प्रोग्राम गर्नुपर्छ भन्ने होइन । कार्डियो, स्ट्रेचिङलगायत अभ्यासले पनि शरीरलाई स्वस्थ र सुन्दर बनाउँछ । तर, नियमित रूपमा भने गर्नुपर्छ ।