१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

१० वर्षपछि अस्ट्रेलियामा मंगोलियन हार्टको सांगीतिक यात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४५:oo

नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछि अस्ट्रेलियामा सांगीतिक यात्रा गर्ने भएको छ। नेपाली टच अस्ट्रेलियाको व्यवस्थापनमा अस्ट्रेलियाका विभिन्न ८ सहरमा ब्यान्डले आफ्नो सांगीतिक प्रस्तुति दिने भएको हो। 

अप्रिल १० बाट म्युजिकल टुर सुरु हुने ब्यान्डका म्यानेजर एवं गितारिस्ट बबी लामाले बताए। ‘हामी शुक्रबार नै नेपालबाट अस्ट्रेलिया प्रस्थान हुँदै छौँ,’ लामाले भने, ‘१० वर्षपछि अस्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौँ। दर्शक र स्रोतालाई सरप्राइज दिने हिसाबले हामीले तयारी गरेका छौँ।’ 

टुर व्यवस्थापक नेपाली टच अस्ट्रेलियाका सिइओ दीपेश पुनका अनुसार ब्यान्डको पहिलो सांगीतिक प्रस्तुति १० तारिखमा मेल्बर्न सहरमा हुनेछ। त्यसपछि १३ ताखिरमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २३ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर टुंगिनेछ। 

३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्यान्डबाट चर्चामा आएका गायक हुन्, राजु लामा। लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापामगर, लिड गितारमा किरण नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।

ब्यान्ड यात्रा ३० वर्ष पुगेको अवसरमा अस्ट्रेलिया टुर गर्न पाउँदा उत्साहित छन्, ब्यान्डका फ्रन्ट म्यान गायक राजु लामा। ‘१० वर्षपछि अस्ट्रेलियामा मंगोलिन हार्टसहित ‘ज्यो ज्यो’ जाँदै छ,’लामाले भने, ‘ब्यान्डका पुराना र केही नयाँ गीत हामी त्यहाँ प्रस्तुत गर्नेछौँ। हामी अस्ट्रेलियासँगको हाम्रो पुरानो सांगीतिक सम्बन्ध फेरि रिन्यु गर्न पाउँदा साह्रै उत्साही छौँ।’ ‘बादलपारिको देशबाट’, ‘म माया लाउँदिनँ’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’ आदि मंगोलियन हार्टका चर्चित गीतहरू हुन्।