मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २२ बुधबार ०८:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

साह र साम्पाङबीच अनुभव साटासाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २२ बुधबार ०८:०१:००

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र धरान उपमहानगरका प्रमुख हर्क साम्पाङबीच मंगलबार भेटघाट एवं अनुभव आदान–प्रदान सम्पन्न भएको छ । उनीहरूबीच काठमाडौं महानगरपालिकाको कार्यालयमा भेटघाट भएको हो । 

निर्वाचित भएयताको पहिलो भेटघाटमा उनीहरूले हालसम्मको काम गर्दाको अनुभव साटासाट गरेको जनाइएको छ । सो क्रममा धरान उपमहानगरका प्रमुख साम्पाङले यो वर्ष सडक र खानेपानीका कार्यक्रममा बढी बजेट खर्च गरेको सुनाएका थिए । 

साहले सांस्कृतिक सहर काठमाडौं व्यवस्थित पार्न लागिपरेको बताएका थिए । संघीय राजधानी र धेरै जनसंख्या भएकाले काम गर्न चुनौती भइरहेको बताएका थिए ।केही समयअघि साह र साम्पाङबीच सामाजिक सञ्जालमा दोहोरी चलेको थियो ।

भेटघाटका बारेमा जानकारी दिँदै प्रमुख साहले सामाजिक सञ्जालमा लेखेका छन्– सिलाम साक्माले मृत्युको बाटो छेकेझँै नेपालमा विकासको बाटो कसैले छेक्न नसकोस् । उनलाई साम्पाङले भेटको अवसरमा उपहारस्वरूप सिलाम साक्मा लगाइदिएका थिए ।

किराँत समुदायमा ‘सिलाम साक्मा’ले मृत्युको बाटो छेक्ने विश्वास गरिन्छ । प्रमुख साम्पाङले यसअघि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलगायतसँग पनि भेटघाट गरेका थिए ।