१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरामा एक पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:५५:oo

पोखरामा एकजनाले आत्मदाह गरेका छन्। स्याङ्जा अर्जुनचौपारी गाउँपालिका– १ घर भई पोखरा महानगरपालिका वडा नम्बर १७ बस्ने नन्दप्रसाद अर्यालले आत्मदाह गरेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।

तीनतले घरको दोस्रो तलामा रहेको आफ्नै कोठामा उनले आत्मदाह गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अर्यालको घरको कोठाबाट एक्कासि आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घरको पहिलो तला र दोस्रो तलाको च्यानल गेटमा ताला लगाएर उनले आफू सुत्ने कोठामा गई आत्मदाह गरेका थिए।

स्थानीयले खबर गरेलगत्तै पुगे पनि कोठामा समेत चुकुल लगाएका कारण उद्धारमा केही समय लागेकाले उनलाई बचाउन नसकेको प्रहरीको भनाइ छ। अर्यालको घरमा बोत्तलमा पेट्रोल भेटिएकाले उनले पेट्रोल छर्केर आत्मदाह गरेको प्रहरीको आशंका छ।

मृतक अर्याल करिब ६ महिनाअघि कतारबाट आएका र पुनः कतार जाने प्रक्रियामा रहेका थिए। उनकी श्रीमती र सात वर्षकी एक छोरी छन्।

यसअघि गत १५ माघमा पोखरा– १३ स्थित काहुँखोलामा मादी गाउँपालिका– ४ का ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आत्मदाहको प्रयास गरेका थिए। आफ्नो घरमा भाडामा बस्दै आएका क्षेत्री शरीरमा तेल खन्याउँदै जल्दै गरेको अवस्थामा देखेपछि उनलाई बचाउन गएकी घरधनी संगीता सापकोटासमेत जलेर घाइते भएकी थिइन्। जलेर घाइते भएकी सापकोटाको उपचारको क्रममा भोलिपल्ट मृत्यु भएको थियो। क्षेत्री भने उपचारपछि ठीक भएका छन्।

ad
ad