१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २१ मंगलबार ०९:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डाबर नेपालले जित्यो नेसनल एचआर एक्सेलेन्स अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २१ मंगलबार ०९:०९:००

डाबर नेपालले नेसनल एचआर एक्सेलेन्स अवार्ड २०२३ जितेको छ । स्वतन्त्र एचआर कन्सल्टिङ फर्म ग्रोथ सेलर्सले आयोजना गरेको एचआर मिट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई नेपालमा एचआर नीति, अभ्यास र कार्यसम्पादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिँदै प्रदान गरेको हो । 

अवार्ड डाबर नेपालका व्यवसाय प्रमुख एचएस बेदी, एचआर हेड अनिल पुरी र एचआर विभागका अन्य कर्मचारीलाई प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेसनल एचआर एक्सेलेन्स अवार्ड जित्नु भनेको डाबर नेपालले सबैभन्दा बहुमूल्य सम्पत्ति आफ्ना कर्मचारीलाई महत्व दिई उनीहरूको कुरा सुन्न, संलग्न गराउन र समर्थन गर्न नेतृत्व लिइरहेको उद्योगका रूपमा प्रमाणित भएको छ ।