मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २२ मंगलबार ०८:०६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डाबरले ल्यायो ‘नेपालकै पहिलो फोर्टिफाइड जुस’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २२ मंगलबार ०८:०६:००

डाबर नेपालले नयाँ जुस ‘रियल इम्युनो म्यांगो प्लस’ बजारमा ल्याएको छ । कम्पनीले अहिलेको यो महामारीको अवस्थामा सबैलाई रोगप्रतिरोधात्मक शक्तिको आवश्यकता पर्ने हुनाले रोगप्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्‍याउने उद्देश्यले नेपालकै पहिलो फोर्टिफाइड जुस बजारमा ल्याएको हो ।

फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भए पनि नेपालका लागि यो नयाँ उत्पादन रहेको कम्पनीले जनाएको छ । परिवारको रोगप्रतिरोधात्मक शक्तिको आवश्यकताबारे गरिएको बजार अनुसन्धानबाट रियल इम्युनो म्यांगो प्लस तयार पारिएको कम्पनीको दाबी छ । 

डाबर नेपालका प्रमुख एचएस वेदीले ग्राहकलाई सन्तुष्टि दिन आफ्ना उत्पादन बृहत् बनाउँदै नयाँ उत्पादन बजारमा ल्याउन तत्पर रहेको बताए । रियल इम्युनो म्यांगो प्लस स्वास्थ्यवद्र्धक, मीठो र पावर अफ फाइब रहेको आँपको जुस भएको जनाइएको छ ।

रोगप्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुलसी, अश्वगन्धा, भिटामिन सी र जिंकले रोगप्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।  यस फोर्टिफाइड म्यांगो जुसको मूल्य १ सय ८० एमएलको ३० रुपैयाँ र १ लिटर प्याकको २ सय ५० रुपैयाँ रहेको जनाइएको छ ।