राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले तनहुँ १ बाट उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गर्नुअघि उनले उपनिर्वाचन नयाँ युगको आह्वान गर्ने दिन भएको दाबी गरे।
वाग्ले उपनिर्वाचनमा टिकट नपाएपछि केहीअघि कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका थिए।