१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १४:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पातारासी ५ बालविवाह मुक्त घोषणा, अब विवाह गर्दा सिफारिस अनिवार्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२९:oo

जुम्लाको पूर्वी भेगमा पर्ने चौधबिस क्षेत्र पातारासी गाउँपालिका जिल्लाकै बढी बालविवाह हुने गाउँपालिका हो। 

पातारासी गाउँपालिका– ५ मा पर्ने दुर्गम चारवटा गाउँलाई जुम्लाकै पहिलो बालविवाह मुक्त गाउँ घोषाण गरिएको हो। जिल्लाकै पहिलो वडाका रूपमा पातारासी गाउँपालिका– ५ लाई औपचारिक  कार्यक्रमबीच बालविवाह मुक्त घोषणा गरिएको हो।

सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त मुलुक घोषणा गर्ने राष्ट्रिय उद्देश्य र दिगो विकासको लक्ष्यअनुरूप दुर्गम पातारासीका गाउँलाई बालविवाह मुक्त घोषणा गरिएको छ। 

जुम्लाका आठ स्थानीय तहका ६० वडामध्ये पातारासी गाउँपालिका– ५ वडा बालविवाह मुक्त घोषणा गरिएको हो। पातारासी– ५ का चार गाउँका चार सय ३२ घरधुरीमा एक हजार ६ सय ३५ जनसंख्या छ। जसमा महिला आठ सय २५ र पुरुष सात सय ८६ छ।

पातारासीका अध्यक्ष पूर्णसिंह बोहारा भन्छन्, ‘सबैको सक्रियताले अप्रत्याशित रूपमा पातारासी ५ नम्बर वडा बालविवाह मुक्त घोषणा गर्न सफल भयौँ। घोषणाको कार्यान्वयनका साथै अन्य ६ वडालाई बालविवाह मुक्त घोषणा गर्ने चुनौती थपिएको छ।’

‘हामी सामाजिक रूपान्तरणको अभियानमा छौँ। समग्र पालिकालाई नै जिल्लाकै पहिलो पालिकाका रूपमा बालविवाह मुक्त घोषणा गर्ने लक्ष्य छ,’ अध्यक्ष बोहराले भने। 

जसमा विवाह उमेर समूहका २० वर्षमुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको सर्वेक्षणले भेटाएपछि जिल्लाकै पहिलो वडा र बस्तीका रूपमा बालविवाह मुक्त गाउँ घोषणा गरिएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन्।

वडालाई बालविवाह मुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बाल क्लब, वडा सरकार, समूह परिचालन तथा किर्डाकद्वारा (बाल स्पोन्सर) परियोजना लागू गरेर अन्ततः बालविवाह शून्यमा झार्न सफल भएको किर्डाक नेपालका सामाजिक परिचालक रामशंकर दवाडीले बताए।