Skip This
लघुवित्तका समस्या अध्ययन गर्न समिति गठन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत २० सोमबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २० सोमबार १o:o२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लघुवित्तका समस्या अध्ययन गर्न समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २० सोमबार १o:o२:oo

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको समस्या समाधानका लागि अध्ययन गर्न एक समिति गठन गरेको छ । केन्द्रीय बैंकको सञ्चालक समितिले असारसम्म प्रतिवेदन बुझाउने म्याद राखेर समिति बनाएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा दुईजना विज्ञ सदस्य, लघुवित्त बैंकर्स एसोसिएसनका अध्यक्ष प्रकाशराज शर्मा, बैंक तथा वित्तीय संस्था नियमन विभागका एक निर्देशक, लघुवित्त वित्तीय संस्था सुपरिवेक्षण विभाग, संघका सदस्य सम्मिलित सात सदस्य समिति बनेको छ ।

विज्ञ सदस्यमा अच्युतहरि अर्याल र डा. भरत थापा छन् । समितिले लघुवित्त वित्तीय संस्थाको वर्तमान समस्या र यो समस्या समाधान गर्न चाल्नुपर्ने कदमहरूबारे सुझावसमेत मागेको छ । २० वैशाखभित्र सुझाव पठाउन केन्द्रीय बैंकले आह्वान गरेको छ । 

के–के छन् कार्यादेश ?
समितिलाई अध्ययनका लागि सञ्चालक समितिले चारवटा कार्यादेश दिएको छ । पहिलोमा लघुवित्तमा देखिएका वर्तमान समस्या पहिचान गरी त्यसका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपाय पहिल्याउने रहेको छ ।

त्यस्तै, देशमा आवश्यक लघुवित्त वित्तीय संस्थाको संख्या निक्र्याेल गर्ने पनि कार्यादेश दिइएको छ । अहिले देशभर ६४ वटा लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा छन् । 

राष्ट्र बैंकले लघुवित्तमा देखिएका समस्या समाधान गर्न गत फागुन ८ गते निर्देशन पनि जारी गरेको थियो । तर, सो निर्देशन केन्द्रीय बैंकको नियमित कर्मकाण्डजस्तो मात्रै भएको लघुवित्त बैंकर्स एसोसिएसनका अध्यक्ष प्रकाशराज शर्माले बताए ।

उनले भने, ‘केन्द्रीय बैंकले आफ्नो नियमित कामका रूपमा त्यो निर्देशन दिएको थियो । तर, आर्थिक मन्दीका कारण निष्क्रिय कर्जा बढ्न थालेको छ । यसले लघुवित्तको वासलातमा समेत समस्या परेको छ ।’