मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १९ आइतबार
  • Wednesday, 02 September, 2026
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १९ आइतबार १३:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद डाँगीको प्रश्न – प्रधानमन्त्री र सभामुख बस्ने कुर्सी कुन देशबाट आयात भएको हो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १९ आइतबार १३:५७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र संसदमा स्वदेशी वस्तु मात्रै प्रयोग हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेकी छिन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले शीतलनिवास, सिंहदरबार, संसद् र बालुवाटारमा स्वदेशी वस्तुको मात्रै प्रयोग गरी ती ठाउँहरूलाई आत्मनिर्भर बनाउन माग गरेकी हुन्।

यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै स्वदेशी वस्तु हुनुपर्ने उनको भनाइ थियो। सांसद डाँगीले आफू बसिरहेको कुर्सी, प्रधानमन्त्री बसिरहेको कुर्सी कुन देशाबाट आयात गरिएको हो भन्दै सरकारलाई प्रश्नसमेत गरिन्।

‘आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ? ती कुराहरू अंकमा देखिने गरी किन लागू भएनन्? समीक्षा गरी आंगिक सुधार हुने गरी नीति ल्याउन छलफल चलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। त्यस्तै, म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो? कि नेपालमा नै बनेको हो ? कुर्सीका लागि जुन झगडा हुने गरेको छ, प्रधानमन्त्री, सभामुखको कुर्सी, त्यो कुन देशबाट आयात भएको हो ?’ उनले भनिन्, ‘सिंहदरबार, बालुवाटार, शीतलनिवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ।

यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली प्रयोग गर्नका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’