१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार o८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल च्यालेन्जमा सदभावले इतिहास रचे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o८:oo:oo

१६ वर्ष १० महिनाका सदभाव सूर्य नेपाल च्यालेन्ज उपाधि जित्ने कान्छो गल्फर

१६ वर्षका युवा गल्फर सदभाव आचार्यले इतिहास रच्दै सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत छैटौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । सदभावले अन्तिम दिन शुक्रबार चार अन्डर ६४ को उत्कृष्ट स्कोर जोड्दा समग्रमा तीन अन्डर दुई सय ६९ स्कोरसहित उपाधि जितेका हुन् । उनले साबिक विजेता भुवन नगरकोटीलाई दुई स्ट्रोकले पछि पार्दै उपाधि हात पारेका हुन् । सदभाव नेपाली गल्फमा सबैभन्दा कम उमेरमा सूर्य नेपाल टुरको प्रो टाइटल जित्ने खेलाडी बनेका छन् । १६ वर्ष १० महिनाका सदभावले नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङको रेकर्ड तोडेका छन् । 

सुवासले १६ वर्ष ११ महिनाको उमेरमा प्रो टाइटल जितेका थिए । उनले सन् २०१९ मा भुवनलाई नै हराउँदै सूर्य नेपाल च्यालेन्ज जिते । अनुभवी गल्फर भुवन इभन पार ६८ सहित समग्रमा एक अन्डर दुई सय ६१ स्कोरको नतिजामा उपविजेता भएका छन् । समग्रमा दोस्रो हुँदा प्रोतर्फ भने उनी पहिलो हुँदै एक लाख रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको तेस्रो दिनका शीर्ष स्थानमा उक्लेका रवि खड्काले अन्तिम दिन खराब प्रदर्शन गर्दै तीन ओभर ७१ स्कोर गरे । समग्रमा उनले इभन पार दुई सय ७२ स्कोर गरी तेस्रो स्थानमा चित्त बुझाए । उनले प्रोतर्फ दोस्रो बन्दै ६५ हजार रुपैयाँ हात पारे । 

नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवासले अन्तिम दिन इभन पार ६८ मा खेल सकाए । समग्रमा तीन ओभर दुई सय ७५ को स्कोरका साथ उनी चौथो भए । उनी एमेच्योरतर्फ दोस्रो भएका छन् । दिनेश प्रजापतिले समग्रमा पाँच ओभर दुई सय ७७ स्कोर गरी पाँचाैँ स्थान रक्षा गरे । 

ad
ad