१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रमेश रावल सुर्खेत
Invalid date format १६:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राेचक बन्दै कर्णालीमा विश्वासकाे मत : कांग्रेसले सिधै दिन्छु भनेन, एमालेले फिर्ता लिएन !

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १६:५८:oo

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत लिँदै छन्। अहिले मुख्यमन्त्रीले पेस गरेकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल भइरहेकाे छ। 

कर्णाली प्रदेश सभामा बोल्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अहिले कर्णाली प्रदेश सरकार बहुमतमा भएका कारणले विश्वासको मत दिन नसकिने र मुख्यमन्त्री संकटमा भएर सोच्न सकिने बताए।

जीवनबहादुर शाहीले रोस्ट्रमबाट सीधै ‘विश्वासको मत दिन्छौँ’ भनेनन्, अलिकति संशय राख्दै चलाखीपूर्वक ‘अप्ठेरो परेमा विश्वासको मत दिनेबारे सोच्छौँ’ भने।

यता एमाले संसदीय दलका नेता यामलाल कँडेलले कुरो बुझे। शाहीपछि राेस्ट्रममा आएका कँडेलले समर्थन फिर्ता लिनुपर्ने कुनै कारण नभएकाले शर्मालाई विगतमा दिएकाे समर्थन कायम रहेको बताए। 

‘हामीले समर्थन फिर्ताका विषयमा सोचेका छैनौँ,’ उनले भने, ‘हाम्रो अहिले पनि समर्थन छ,’ उनले भने, ‘भरिएर पोखिए पनि पोखिन्छ भनेर दिने भए देऊ, तर हाम्रो समर्थन कायम नै छ, सरकार संकटमा छैन।’

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा केन्द्रकै गठबन्धन ब्युँताउने निर्णय गरेको छ। आज बिहान बसेकाे कर्णाली प्रदेश संसदीय दलको बैठकले केन्द्रकै गठबन्धन ब्युँताउने निर्णय गरेको थियाे।