मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १७ शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १७ शुक्रबार १५:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १७ शुक्रबार १५:५२:oo

नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका दुई तथा नेकपा माओवादी र जनता समाजवादी पार्टी जसपाबाट एक–एकजनालाई मन्त्रीमा नियुक्त गरेका थिए। 

आज सपथ लिने मन्त्रीहरूमा कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास छन्। 

त्यस्तै माओवादी केन्द्रबाट शक्ति बस्नेतले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सम्हालेका छन्। माओवादीबाट यसअघिनै चार मन्त्रीले शपथ लिइसकेका छन्। भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे जिम्मवारी सम्हाल्दै आएका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ। 

नेकपा एकीकृत समाजवादीबाट वेदुराम भुसाल, कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायातको जिम्मेवारी दिइएको छ। 

जनता समाजवादी पार्टी (जसपा)बाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। 

 जनमत पार्टीका अब्दुल खानले भने आफूले रोजेको मन्त्रालय नपाएको भन्दै खानेपानीमन्त्रीबाट राजीनामा दिएका छन्।