मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ चैत १७ शुक्रबार १४:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटना हुँदा रौतहटमा एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ चैत १७ शुक्रबार १४:५९:००

गएराति रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित चाँदी पुलमा पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २–२–००४ प ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही हरिपुर नगरपालिका– २ की ४० वर्षीया राजकुमारी चौधरीको घटनास्थलमै ज्यान गएको हो ।

मोटरसाइकलचालक धनुषा औरही– ४ का ४५ वर्षका अरुणकुमार मण्डल गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

चाँदी पुलको साँघुरो मुखमा रातको समयमा भएको सो दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको डिएसपी कोइरालाले बताए ।