
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा उपाध्यक्ष खुला ब्याडमिन्टन प्रतियोगितामा डबल सिनियर ‘ए’तर्फको उपाधि दीपेन गुरुङ र मिलन गुरुङको जोडीले हात पारेको छ । नवीन सिलवाल र चाणक्य पाठकको जोडी द्वितीय भएको छ ।
गाउँपालिकाको प्रशासकीय केन्द्र साँवा थलङमा बुधबार सुरु भएको प्रतियोगिता बिहीबार राति अबेर सम्पन्न भएको हो । बिहीबार राति अबेर भएको खेलमा पुरुष डबल सिनियर ‘बी’तर्फ भने अनिश लावती र विपिन सेडाईंको जोडी प्रथम भएको छ । मिहाङ राई र जुनुन राईको जोडी द्वितीय भएको छ ।
कर्मचारीतर्फ मिंमा शेर्पा र डिकबहादुर राउतको जोडी प्रथम हुँदा मचिन्द्र लिम्बू र विवश लिम्बूको जोडीले द्वितीय स्थान हासिल गरेको छ । त्यसैगरी भेट्रान्स ४५ वर्षमाथिको समूहतर्फ मानबहादुर पालुङ्वा र भूपाल रानाको जोडी प्रथम तथा राम नेयोङ र नरेन्द्र इधिंगाेको जोडी द्वितीय भएको छ ।
प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः पुरुष डबल सिनियर ‘ए’तर्फ ४५ हजार र ३० हजार रुपैयाँ, सिनियर ‘बी’तर्फ ३५ हजार र २५ हजार रुपैयाँ, कर्मचारीतर्फ ३५ हजार र २५ हजार रुपैयाँ तथा भेट्रान्सतर्फ २० हजार र १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगिता मिक्वाखोला गाउँपालिकाले आयोजना गरेको हो ।