१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १७ शुक्रबार ११:१३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यामाहाको ‘पावर अफ फाइभ’ नयाँ वर्ष उपहार योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १७ शुक्रबार ११:१३:००

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष ०८० को अवसर पारेर ‘पावर अफ फाइभ’ नामक योजना ल्याएको छ । कम्पनीले अविश्वसनीय र उत्साहजनक अफरहरूले भरिपूर्ण योजना ल्याएको हो । 

योजनाअन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउने जनाएको छ । त्यस्तै, खरिद गरेपछि फेरि वाइल्ड कार्डमार्फत एक लाख रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका पाउने जनाइएको छ । खरिद गरेपश्चात् पनि तीनजना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपड जित्ने मौका पाउने उल्लेख छ । योजना आर१५, एमटी१५ र फ्यासिनो मोडलबाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरूमा लागू हुने कम्पनीले जनाएको छ ।

एमएडब्लू यामाहाका सिइओ राजु क्षेत्रीले नयाँ वर्षको अवसर पारेर ‘पावर अफ फाइभ’ अफर सुरु गर्न पाउँदा रोमाञ्चित रहेको बताए । यो योजना ग्राहकलाई अधिकतम लाभ प्रदान गर्न ल्याइएको उनको भनाइ छ । उनले भने, ‘हामी हाम्रो पावर अफ फाइभ नयाँ वर्ष २०८० योजनाको अवसरमा फेरि पनि हिमालय रोडिजसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ । यामाहा सिजन दुईदेखि नै हिमालय रोडिजको साझेदार रहँदै आएको छ र हामीले प्राप्त गरेका सकारात्मक प्रतिक्रियाबाट उत्साहित छौँ । यस सहकार्यमार्फत हामी प्रदर्शन र गुणस्तरका लागि हाम्रो जोस स्थापित गर्न तथा थप साहस र थ्रिल खोज्ने व्यक्तिहरूसम्म पुग्ने कुरामा आशावादी छौँ ।’

खरिदपूर्व नै नगद पुरस्कार, क्यासब्याक, आइफोन, एयरपड्स र एप्पल घडीहरूसहित पाँचवटा विभिन्न अफरहरू रहने यो योजना ग्राहकलाई अधिकतम लाभ दिन डिजाइन गरिएको सिइओ क्षेत्रीले बताए । यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू न्यूनतम ब्याजदरमा न्यून डाउन पेमेन्ट तिरेर खरिद पनि गर्न सक्ने उनको भनाइ छ ।