Skip This
गण्डकी प्रदेश सरकार १० वैशाखसम्म परिवर्तन हुन्छ : कांग्रेस नेता पाण्डे
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:१६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकी प्रदेश सरकार १० वैशाखसम्म परिवर्तन हुन्छ : कांग्रेस नेता पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१६:oo

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आगामी वैशाख १० सम्म प्रदेश सरकार परिवर्तन हुने बताएका छन्। बाग्लुङ कांग्रेसले निर्माण गर्न लागेको बिपी स्मृति भवनको शिलान्यास कार्यक्रममा बोल्दै पाण्डेले आगामी वैशाख १० भित्र कांग्रेसकै नेतृत्वमा सरकार निर्माण हुने बताए। 

मुख्यमन्त्रीको दाबेदारसमेत रहेका पाण्डेले संविधानको मर्मअनुसार नै आगामी वैशाखसम्म प्रदेश सरकारमा नयाँ नेतृत्व आउने बताए। ‘केन्द्रको सत्ता समीकरण परिवर्तनसँगै प्रदेशमा पनि यसको प्रभाव स्वतः रहन्छ,’ पाण्डेले भने, ‘सरकारमा सहभागी दलले सर्मथन फिर्ता लिइसकेको अवस्थामा संविधानअनुसार सत्तासीन दल अगाडि बढ्नुपर्छ। वर्तमान मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने आधार छैन।’

नेकपा एमालेबाट मुख्यमन्त्री भएका खगराज अधिकारी नेतृत्वको सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेको छ। पाण्डेले सरकार परिवर्तन हुनु मात्र ठूलो कुरा नभएको बताए। ‘अवसर र चुनौती दुवै छन्। हामीले जनतालाई प्रदेश सरकारको औचित्यबारे प्रस्ट पार्न सकेका छैनौँ। जनताले प्रश्नै प्रश्न अगाडि ल्याएका छन्। हामीलाई अवसर आएसँगै चुनौती पनि सँगै रहेका छन्,’ उनले भने।