१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस मनिला
२०७९ चैत १६ बिहीबार १३:५२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फिलिपिन्स पानीजहाज आगलागी : ३१ जनाको मृत्यु, सात बेपत्ता

Read Time : < 1 मिनेट
रासस, मनिला
२०७९ चैत १६ बिहीबार १३:५२:००

दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका छन् भने सातजना अझै हराइरहेका छन् ।

गएराति जहाजमा आगो लागेपछि चालक दलका ३५ सदस्य र एक सय ९० यात्रुलाई तटरक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् । पानीजहाजमा दुई सय ५० भन्दा बढी यात्री रहेका बताइएको छ । 

लेडी मेरी जोय– ३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआंगा सहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका वेला आगो लागेको थियो ।

सात हजारभन्दा बढी टापुको द्वीप समूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भिडभाडका कारण वेलावेलामा यस्ता दुर्घटना हुने गरेका छन् ।

सन् १९८७ को डिसेम्बरमा डोना पाज नामको पानीजहाज इन्धन बोकेको अर्को जहाजसँग ठोक्किएर डुब्दा चार हजार तीन सयभन्दा बढीको मृत्यु भएको थियो । शान्तिकालमा समुद्री भवितव्यमा परेर विश्वमा त्यति धेरै मानिसको एकैपटक ज्यान गएको इतिहास छैन ।