Skip This
ग्लोबल आइएमई बैंकको देशव्यापी वित्तीय साक्षरता प्रवर्द्धन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १६ बिहीबार o८:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंकको देशव्यापी वित्तीय साक्षरता प्रवर्द्धन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार o८:o३:oo

ग्लोबल आइएमई बैंकले युवा तथा विद्यार्थीहरूमाझ वित्तीय साक्षरता प्रवद्र्धन गर्दै आयोजना गरिएको ग्लोबल मनी विकमा देशभर विभिन्न कार्यक्रम सम्पन्न गरेकोे छ । नेपाल राष्ट्र बैंकको वार्षिक कार्यतालिकाअनुरूप हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने ग्लोबल मनी विककोे ११औँ संस्करण बैंकले ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’को नारासहित सम्पन्न गरेको हो ।

बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौँ विद्यार्थीहरूको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको जनाएको छ । अभियानअन्तर्गत बैंकले बैंकिङ सेवा तथा वित्तीय बजारलगायत विषयमा सचेतना अभिवृद्धिलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाइएको छ । 

जसअन्तर्गत बैंकका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय सचेतनामूलक अन्तक्र्रिया सञ्चालन भएको उल्लेख छ । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृश्य सामग्री पनि प्रसारण गरेको बैंकले जनाएको छ ।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका एक सय ७० भन्दा बढी देशमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मूलतः किशोर–किशोरी तथा युवा–युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान भएको जनाइएको छ । बैंकले पनि यो अभियान सुरु भएदेखि नै प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकको संयोजकत्वमा वित्तीय चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी बैंकिङ शिक्षाको प्रचार–प्रसार गर्दै आएको जनाएको छ ।

बैंकले हाल देशका ७७ वटै जिल्लामा तीन सय ६४ शाखा, तीन सय ६३ एटिएम, तीन सय २१ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।