मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १५ बुधबार १४:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनलाइनमार्फत करोडौँ ठगीको आरोपमा नाै चिनियाँसहित १८ पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १५ बुधबार १४:४३:००

अनलाइनमार्फत करोडौँ ठगी गरेकाे आरोपमा नौ चिनियाँ नागरिकसहित १८ जना पक्राउ परेका छन्। 

उनीहरूविरुद्ध अनलाइनमार्फत काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ह्वास एप, टेलिग्राम र अपरेसन टिचर नामक च्यानलकाे प्रयाेग गरेर करोडौँ ठगी गरेको उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। 

पक्राउ पर्नेमा नौ नेपाली र नौ चिनियाँ नागरिक छन्। यस घटनाबारे थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन कार्यालयले जिल्ला प्रहरी परिसर, टेकुलाई निर्देशन दिएकाे छ।