१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Sunday, 11 May, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १४ मंगलबार १८:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिटरब्याजलाई कानुनी दायरामा ल्याउन कानुन संशोधनको प्रक्रिया अघि बढाउने सरकारको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार १८:३६:oo

सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन कानुन संशोधन गर्ने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मिटरब्याजलाई कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा नेतृत्वको टोलीले आन्दोलनरत मिटरब्याजपीडितसँग छलफल गरेको थियो। ११ दिन पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका पीडितहरू खुलामञ्चअगाडि विरोध प्रदर्शनमा छन्।