मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १४ मंगलबार १६:१७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार १६:१७:oo

सेयर बजार आज दोहोरो अंकले बढेको छ। हिजो सोमबार झन्डै १८ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज १२.४१ अंकले बढेर एक हजार नौ सय १८.४१ विन्दुमा पुगेको छ।

आज विकास बैंक, फाइनान्स र निर्जीवन बिमा समूहबाहेकको सेयर बढेको छ। पछिल्ला तीन दिन उच्च अंकले घटेको माइक्रोफाइनान्स समूहको सेयर आज उच्च अंकले बढेको छ। 

यस दिन नेस्सेसँगै कारोबार रकम पनि सुधार भएको छ। दुई सय ५८ वटा कम्पनीका ४० लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४४ करोड ३७ लाखबराबरको कारोबार भएकाे छ। 

आज सबैभन्दा धेरै आइएमई जनरल इन्स्याेरेन्सको कारोबार भएको छ भने सुपरमाई हाइड्रो, एसियन हाइड्रो र सिर्जनशील लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ।