दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

मंगलबार, १४ चैत, २०७९
डिजिटल संस्करण

सेयर बजार आज दोहोरो अंकले बढेको छ। हिजो सोमबार झन्डै १८ अंकले बढेको सेयर बजार परिसूचक नेप्से आज १२.४१ अंकले बढेर एक हजार नौ सय १८.४१ विन्दुमा पुगेको छ।

आज विकास बैंक, फाइनान्स र निर्जीवन बिमा समूहबाहेकको सेयर बढेको छ। पछिल्ला तीन दिन उच्च अंकले घटेको माइक्रोफाइनान्स समूहको सेयर आज उच्च अंकले बढेको छ। 

यस दिन नेस्सेसँगै कारोबार रकम पनि सुधार भएको छ। दुई सय ५८ वटा कम्पनीका ४० लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४४ करोड ३७ लाखबराबरको कारोबार भएकाे छ। 

आज सबैभन्दा धेरै आइएमई जनरल इन्स्याेरेन्सको कारोबार भएको छ भने सुपरमाई हाइड्रो, एसियन हाइड्रो र सिर्जनशील लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ।

सुझावित समाचार