१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १४ मंगलबार ११:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

देशका विभिन्न स्थानमा एनआइसी एसिया लघुवित्तको वित्तीय साक्षरता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १४ मंगलबार ११:०९:००

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता अभिमुखीकरण तथा र्‍याली कार्यक्रम सञ्चालन गरेको छ । लघुवित्तले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा कार्यक्रम गरेको हो । 

विश्व वित्तीय सप्ताह २०२३ लाई सार्थक र सफल पार्न ग्रामीण समुदायमा लक्षित गरी वित्तीय सचेतना फैलाउने उद्देश्यका साथ देशैभरि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण तथा र्‍याली कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

संस्थासंग आबद्ध सदस्यहरू तथा लघुवित्तका कर्मचारीहरूको सहभागिता रहेका कार्यक्रहरू मधेस प्रदेशअन्तर्गतका बर्दिवास, बट्टेश्वर, कल्याणपुर, कोसी प्रदेशअन्तर्गतका भद्रपुर र धाइजान, गण्डकी प्रदेशअन्तर्गतको क्यामिन (आबुखैरेनी), लुम्बिनी प्रदेशअन्तर्गतको महाराजगन्ज (डुमरा) तथा सुदूरपश्चिम प्रदेशअन्तर्गतको बहुनियाँलगायतका स्थानमा वित्तीय साक्षरता अभिमुखीकरणका साथै वित्तीय साक्षरता झल्काउने नाराहरूको प्लेकार्डसहितको र्‍याली कार्यक्रम सञ्चालन भएको कम्पनीले जनाएको छ ।

यसबाट समुदायस्तरमा रहेका सदस्यहरूलाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, बचत गर्ने बानी, कर्जाको सही सदुपयोग, वित्तीय सेवासम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बिमा, विप्रेषण आदिजस्ता कुराहरूमा चेतना वृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने संस्थाले विश्वास व्यक्त गरेको छ ।