
एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल पुँजीवादीको पिछलग्गु बनेको आरोप लगाएका छन् । एमाले गुल्मीको मिसन ग्रासरुट अभियानअन्तर्गत बृहत् प्रशिक्षणलाई सम्बोधन गर्दै उनले नेता नेपालप्रति व्यंग्य गर्दै पुँजीवादीहरूको पुच्छर र फाटोवादी प्रवृत्ति ढाक्न एकीकृत थपेर समाजवादी भन्दै हिँडेको कटाक्ष गरे ।
देशले नाकाबन्दीको सामना गरिरहेका वेला माधव नेपालले संसद्मा ‘देश डुब्नै लाग्यो बचाउन कोही त आऊ’ भनेर पार्टी फुटाउन सुरु गरेको आरोप लगाए । उनले कांग्रेसको बदमासी र बेइमानी बुझेर पनि बहुमत नहुँदा सरकारबाट बाहिर रहनुपरेको भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराए ।