मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ चैत १४ मंगलबार ०६:५४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल च्यालेन्ज आजदेखि

Read Time : < 1 मिनेट
२०७९ चैत १४ मंगलबार ०६:५४:००

सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ । ७२ होलको प्रतियोगिता शुक्रबारसम्म चल्नेछ । ३६ होलको समाप्तिमा कट लागू हुनेछ । जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाईमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम ३६ होलका लागि स्थान बनाउनेछन् । 

कुल ५ लाख ४५ हजार पुरस्कार राशिको प्रतियोगितामा‌ ३० प्रोफेसनल खेलाडीले प्रतिस्पर्धा गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विजेताले उपाधिसँगै एक लाख प्राप्त गर्नेछ । दोस्रो हुनेले ६५ हजार र तेस्रो हुनेले ४६ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ र टाईमा पर्ने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सात एमेच्योर खेलाडीले भाग लिनेछन् । 

सूर्य नेपाल टुरको पाँचौँ प्रतियोगिता सेन्ट्रल ओपनको विजेता तथा नम्बर एक खेलाडी शुक्रबहादुर राईले यो प्रतियोगिता खेल्नेछैनन् । उनी अहिले भारतमा भारतीय टुरमा व्यस्त छन् । शुक्रबहादुर नहुँदा भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, रामे मगर उपाधिका प्रमुख दाबेदार खेलाडी बनेका छन् । एमेच्योर खेलाडीद्वय सुवास तामाङ र सद्भाव आचार्यले कडा चुनौती दिने अनुमान गरिएको छ । चारदिने प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन रोयल नेपाल गल्फ क्लबको कोर्सलाई कठिन बनाइएको एनपिजिएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले बताए ।