मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १३ सोमबार
  • Friday, 14 August, 2026
२o७९ चैत १३ सोमबार १८:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विरोध मात्रै गर्नेहरूलाई ग्रासरुट अभियानदेखि पार्टीबाटै बिदा गर्नेसम्मकाे चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १३ सोमबार १८:५५:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फिजियोथेरापी गर्न देशभर मिसन ग्रासरुट अभियान सुरु गरिएको बताएका छन्। गुल्मीमा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै ओलीले एकल बहुमत प्राप्त गर्ने ढंगले मिसन ग्रासरुट अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिए।

उनले पार्टी संगठन खिया लागेर धार नभएको भुत्ते खुकुरीजस्तै भएकाले पार्टीलाई फिजियोथेरापी गर्न मिसन ग्रासरुट सञ्चालन गरिएको बताए। ‘क्रियाशील नभए शरीरका अंगहरू पनि फिजियोथेरापी गर्नुपर्छ। एमाले संगठनहरू पनि खिया लागेको भुत्ते खुकुरीजस्तै छन्,’ उनले भने, ‘मिसन ग्रासरुटले गाउँ–गाउँमा पार्टीभित्र ऊर्जा थपिएको छ।’

क्षणिक सरकारमा हुँदा पनि एमालेले देश र जनताको लागि निकै ठूला कामहरू गरेको दाबी गर्दै उनले बहुमत नहुँदा वेला–वेलामा सरकारबाट बाहिर रहनुपरेको बताए। ओलीले पार्टीभित्र बस्ने र सधैँ विरोध गर्नेहरूलाई ग्रासरुट अभियानबाटै बिदा गर्न आग्रह गर्दै नेता तथा कार्यकर्ताले आफ्नो आचरणमा सुधार गर्नुपर्ने बताए।