१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १३ सोमबार
  • Friday, 09 May, 2025
२o७९ चैत १३ सोमबार १८:o९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मिटरब्याजपीडितलाई खुलामञ्च प्रवेश गर्न रोक्दै नगर प्रहरी [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १३ सोमबार १८:o९:oo

११ दिन हिँडेर काठमाडौं आएका मिटरब्याजपीडितहरूले खुलामञ्च अगाडि प्रदर्शन गरेका छन्।

तराईका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याजपीडित खुलामञ्च प्रवेश गर्न खोजे पनि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले प्रवेशमा रोक लगाएको छ। खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै उनीहरू गेटमा नै धर्नामा बसेका छन्।

पीडितहरूले महानगरपालिकाले रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहबिरुद्ध नाराबाजीसमेत गरेका छन्। मिटरब्याजपीडितहरुले खुलामञ्चमा विरोध कार्यक्रम गर्न मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरे पनि नदिएको बताएका छन्।

पीडितहरूले मेयर साहले स्वागत गर्ने आशामा काठमाडौं आएको तर मेयर साहले प्रदर्शन गर्नसमेत रोक लगाएको भन्दै नाराबाजी गरेका हुन्। महानगरले खुलामञ्च प्रवेश गर्न नदिँदा पीडितहरू वीर अस्पतालअगाडिको सडकमै बसेर नाराबाजी गरिरहेका छन्।