१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

निगमलाई क्यानकाे स्पष्टीकरण- नियमित उडान हुँदाहुँदै ‘चार्टर्ड’ किन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५४:oo

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ। 

निगमले मलेसियाको क्वालालम्पुरमा नियमित उडानको सम्भावना हुँदाहुँदै चार्टर्ड उडानको अनुमति माग गरेपछि क्यानले स्पष्टीकरण सोधेको हो।

क्यानका महानिर्देशक प्रदीप अधिकारीले निगमले नियमित उडानका लागि मलेसियाको नागरिक उड्डयन प्राधिकरणसमक्ष समयमै आवश्यक कागजात नबुझाउँदा उडानको अनुमति नपाएको जानकारी दिए। 

निगमले नियमित उडानको अनुमति नपाएपछि अहिले क्यानसमक्ष चार्टर्ड उडानका लागि अनुमति माग गरेको छ।

‘निगमसमक्ष काठमाडौं–मलेसियामा सातामा १४ वटासम्म उडान गर्ने सुविधा छ,’ उनले भने, ‘तर, निगमले हेलचेक्य्राइँ गरी पुरानो कागजात पठाएकाले उडान अनुमति पाएको छैन।’

निगमसँग सातामा सातवटा नियमित उडान गर्न सक्ने प्रावधान बाँकी रहँदा पनि चार्टर्ड उडान किन गर्नुपरेको भन्दै स्पष्टीकरण सोधिएको उनको भनाइ छ। 

निगमका प्रवक्ता अर्चना खड्काले मलेसियाको नागरिक उड्डयन प्राधिकरणसमक्ष ‘समर सेड्युल’का लागि मार्च २८ देखि उडान अनुमति माग गरेको बताइन्। तर, प्रक्रियामै रहेकाले अनुमति प्राप्त नभइसकेको उनको भनाइ छ।

नेपाल र मलेसियाबीच सन् २०१५ अप्रिल ३ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो। सोहीअनुसार नेपाली वायुसेवा कम्पनीले मलेसियामा सातामा २८ वटा उडान गर्न सक्छन्। रासस