१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १३ सोमबार १२:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयरविरुद्ध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १३ सोमबार १२:०१:००

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन गरिएको छ। संविधान र कानुनविपरीत सुकुमबासीहरूलाई उठीवास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो ।

आफूहरूलाई उठीवास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए ।

उनले संविधान, कानुनविपरीत भूमिहीनहरूलाई जग्गाधनीपुर्जा दिनुको साटो उठीवास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए । 

विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःसर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो ।