मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १३ सोमबार ०७:५६:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १३ सोमबार ०७:५६:००

अख्तियारको निष्पक्षतामाथि नै प्रश्न उठ्ने अवस्था किन आउँछ ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नेपालमा भ्रष्टाचारसम्बन्धी मुद्दाको अनुसन्धान र तहकिकात गर्ने अख्तियारी छ । अख्तियारले उस्तै खालका सबुत, प्रमाण भएको अवस्थामा केहीलाई मुद्दा चलाउने, केहीलाई नचलाउने गरेको सञ्चारमाध्यमबाट थाहा पाएँ ।

केही व्यक्तिका हकमा उस्तै ‘नेचर’ भए पनि सरकारी साक्षीका रूपमा पेस गरेकाले विशेष अदातलबाट प्रश्न उठेको थाहा पाएँ । यसरी एउटै प्रकृतिको मुद्दामा केहीलाई मुद्दा चलाएको र केहीलाई नचलाएको कारण प्रश्न उठेको हो । एउटै प्रकृतिका मुद्दामा केहीलाई चलाउने केहीलाई छाड्ने गर्दा अदालतलाई सजाय गर्न वा सफाइ दिन अप्ठ्यारो हुन्छ । 

अख्तियारमाथि नै प्रश्न उठ्न थाल्यो भने यो संस्थालाई कसरी विश्वास गर्ने ?
संवैधानिक आयोगबाट हुने काम कारवाही निष्पक्ष होस्, दोषीले सजाय र निर्दोषले सफाइ पाऊन् भन्ने अपेक्षा जनमानसमा हुन्छ । तर, यस्तो महत्वपूर्ण निकायको निष्पक्षतामा प्रश्न उठ्नु, विश्वसनीयतामा शंका उब्जिनु राम्रो होइन । अख्तियारले चलाएका हरेक मुद्दामा सबुत प्रमाण नभई चलाएको हो कि, निष्पक्ष छानबिन नभएको हो कि, भन्ने आशंका हुन्छ ।

 आफ्ना कामकारबाहीमा प्रश्न उठ्न नदिन अख्तियारले के गर्नुपर्छ ?
भ्रष्टाचारका हरेक मुद्दामा सबुत प्रमाणको राम्रो विश्लेषण र मूल्यांकन गरेर मात्र अघि बढ्नुपर्छ । विशेषज्ञ कर्मचारीलाई आधुनिक स्रोत, साधन प्रयोग गरी अनुसन्धान गर्न लगाउनुपर्छ । अनि मात्र अख्तियारप्रतिको जनविश्वास बढ्छ । भ्रष्टाचार नियन्त्रण हुने वातावरण सिर्जना हुन्छ ।