Skip This
आइजिपी कुँवर भन्छन्- प्रहरी प्रशासनमा सुधार आवश्यक छ, दिन गनेर बस्ने छुट छैन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १२ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १२ आइतबार १२:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आइजिपी कुँवर भन्छन्- प्रहरी प्रशासनमा सुधार आवश्यक छ, दिन गनेर बस्ने छुट छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १२ आइतबार १२:o७:oo

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताएका छन्। 

आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाएपछि उनले यस्तो बताएका हुन्। प्रहरी महानिरीक्षक कुँवरले प्रहरीले गर्ने राम्रा काम र विगतमा भएका त्रुटिहरू लुकाएर प्रशासन बलियो नबन्ने भन्दै उनले प्रहरीमा सुधार आवश्यक रहेको बताए। 

उनले प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पारे। उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनै पनि बहाना र विकल्पविना काम गर्ने प्रतिबद्धता जनाए। 

प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिकमा कानुनी राज्यको प्रत्याभूति दिलाउने प्रतिबद्धता पनि व्यक्त गरे। 

उनले नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन नदिन वचनबद्ध रहेको बताए। ‘नेपालको संविधानले मार्ग–निर्देशन गरेको संघीय स्वरूपमार्फत विधिको शासन र मानव अधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रूपान्तरणद्वारा सुशासन र सामाजिक न्याय र सदभावको सुनिश्चित गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ छ,’ उनले भने, ‘प्रहरीमा सुधार आवश्यक छ । अब त्यसका लागि दिन गनेर बस्ने छुट छैन । कसैले मार्ग बिराएका भए तिनीहरूले आफूलाई सुधार्नुको विकल्प छैन। प्रहरीको आन्तरिक सदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो।’ 

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले अपराध, आापराधिक प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे।