१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १३ आइतबार o७:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : माकुरो, जाल र कमिला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o७:१७:oo

एउटा माकुराले आरामसाथ सानदार जाल बनाउने विचार गर्‍यो । उसले मनमनै सोच्यो– एउटा राम्रो जाल बनाउँछु । जालमा खुब किरा, झिँगा फस्छन् । तिनलाई आहारा बनाएर आरामले बस्छु । उसले कोठाको एउटा कुनामा जाल बनाउन सुरु गर्‍यो । केही समयमा आधा जाल तयार भयो । अचानक उसको नजर उसैलाई हेरेर हाँसिरहेको बिरालोमाथि पर्‍यो । माकुराले बिरालोलाई सोध्यो– तिमी किन हाँस्दै छौ हँ ? बिरालाले प्रश्न गर्दै भन्यो– नहाँसूँ त के गरूँ ? यस्तो सफा ठाउँमा जाल बनाएको देखेपछि हाँस्नुपरेन त ? यस्तोमा तिम्रो जालमा फस्न को आउँछ ?

माकुरालाई बिरालोको सल्लाह ठिक लाग्यो । उसले त्यहाँ जाल बनाउन छाडेर नजिकैको झ्यालमा जाल बनाउन थाल्यो । केही समयपछि एउटा सुगाले उसलाई उडाउँदै भन्यो– ओ माकुरा भाइ, तिमी कति मूर्ख छौ हँ ? माकुराले सोध्यो– किन ? सुगाले जवाफ दियो– यस्तो हावा चल्ने झ्यालमा जाल बनाएर के गर्छौ । हावाको झोक्कासँगै तिमी र तिम्रो जाल कता पुग्ने हो, पत्तो छैन । माकुरालाई चराको भनाइ ठिक लाग्यो । उसले त्यहाँ पनि जाल बनाउने काम अधुरै छाडेर यताउता हेर्‍यो ।

नजिकै एउटा खुला दराज देख्यो । उसले त्यहीँ आफ्नो जाल बनाउन सुरु गर्‍यो । थोरै जाल बुन्नासाथ उसले नजिकै आफैँलाई हेरिरहेको एउटा साङ्लो देख्यो । माकुराले प्रश्न गर्‍यो– यसरी मलाई किन हेरिरहेका छौ ए साङ्लो भाइ ! साङ्लोले भन्यो– यो बेकारको दराजमा जाल बनाएर के गर्छौ ? यो दराज केही दिनमै बेचिदिन्छन् अनि तिम्रो मिहिनेत त्यत्तिकै खेर जाँदैन ? माकुराले यहाँ पनि जाल बनाउन छाडिदियो । 

बारम्बार प्रयास गर्दागर्दा माकुरो थाकिसकेको थियो । उसमा अब जाल बुन्ने शक्ति बाँकी थिएन । भोक र तिर्खाले सताउन थालेको थियो । अब ऊ पछुताउन थालिसकेको थियो । कमसेकम एउटा जाल पूरा गरेको भए ऊ आरामले बस्न त सक्थ्यो । त्यही समयमा नजिकै एउटा कमिलो देखियो । कमिलाले भन्यो– तिमीले पटक–पटक आफ्नो काम सुरु गरेर अर्काको भनाइमा विश्वास गरेर बीचमै अधुरो छाड्दै आएका छौ । जसले अर्काको भनाइमा विश्वास गरेर बीचमै आफ्नो काम अधुरो छाड्छ, उसको यस्तै हालत हुन्छ । कमिलाको भनाइ सुनेर माकुरालाई आफ्नो गल्तीको महसुस त भयो । तर, अब पछुताएर केही हुने अवस्था बाँकी थिएन ।
 

ad
ad