मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मलेसियामा अलपत्र परेका बाजुराका मकिन्द्र शाही
मुना कुँवर नयाँ पत्रिका
२०७९ चैत १२ आइतबार ०५:५७:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मलेसियामा अलपत्र बाजुराका मकिन्द्रलाई नेपाल फर्काउने तयारी 

Read Time : > 1 मिनेट
मुना कुँवर, नयाँ पत्रिका
२०७९ चैत १२ आइतबार ०५:५७:००

नेपाली दूतावासले बनाइदियो ट्राभल डकुमेन्ट

मलेसिया क्वालालम्पुरस्थित कोतरायामा अलपत्र अवस्थामा भेटिएका बाजुराका मकिन्द्र शाहीलाई नेपाल फर्काउने तयारी गरिएको छ । मलेसियास्थित नेपाली दूतावासले नेपाल फर्काउन प्रक्रिया अगाडि बढाएको बताएको छ । उनलाई  अहिले सुधारगृहमा राखिएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले जानकारी दिए । उनले भने, ‘सुधारगृहमा कम्तीमा पनि दुई साता राख्नुपर्नेछ । आवश्यक परेमा अझै समय थप हुनेछ ।’ 

डिल्लीराज पौडेल नेपाली राजदूत, मलेसिया

निवेदन दिएका छौँ । मलेसिया प्रशासन यस्तो पास दिन समय लगाउँछ । पास प्राप्त गरेपछि मात्रै उनी नेपाल फर्कन सक्नेछन् । सुधारगृहमा कम्तीमा पनि दुई साता राख्नुपर्नेछ । आवश्यक परेमा अझै समय थप हुनेछ ।

दूतावासले मकिन्द्रको ट्राभल डकुमेन्ट बनाइदिएको छ । तर, नेपाल फर्कन उनले मलेसियन सरकारलाई जरिवाना भुक्तानी गर्नुपर्छ । लामो समयदेखि मलेसियामा गैरकानुनीमा रूपमा बस्दै आएकाले उनले जरिवाना भुक्तानी गर्नुपर्ने मलेसियाका लागि नेपाली राजदूत पौडेलले बताए । मकिन्द्रले ३१ सय रिंगेट (करिब ९२ हजार रुपैयाँ) जरिवाना भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, मलेसियाको इमिग्रेसनले उनलाई मलेसिया छोड्न पास उपलब्ध गराउनुपर्नेछ । मलेसिया छाड्ने पासका लागि निवेदन दिइएको राजदूत पौडेलले बताए । ‘निवेदन दिएका छौँ । मलेसिया प्रशासन यस्तो पास दिन समय लगाउँछ । पास प्राप्त गरेपछि मात्रै उनी नेपाल फर्कन सक्नेछन्,’ उनले भने । राजदूत पौडेलका अनुसार सुधारगृहको लाग्ने शुल्क, गैरकानुनी रूपमा बस्दै आएको जरिवाना र जहाज टिकटका लागि तीन लाखभन्दा बढी रकम लाग्छ । 

मलेसियामा अलपत्र परेका बाजुराका मकिन्द्र शाहीको परिवार उनको सम्पर्कमा आएका छन् । क्वालालाम्पुरको कोतरायास्थित सडकमा बेवारिसे अवस्थामा भेटिएका मकिन्द्र शाहीको विषयमा नयाँ पत्रिकाले गत साता फोटोसहित समाचार प्रकाशन गरेको थियो । नयाँ पत्रिकाले फेसबुक पेजमा समाचार सेयर गरेपछि उनका आफन्तले मेसेन्जरमार्फत सम्पर्क गरेका थिए । मकिन्द्रका आफन्त काका पर्ने पुरिन्द्र शाहीले बाजुरादेखि सम्पर्क गरेका थिए । त्यस्तै, उनका आफन्त भाइ पर्ने डेनिल शाहीले भारतको बिहारदेखि सम्पर्क गरेका थिए । फेसबुकमार्फत मकिन्द्रको बारेमा जानकारी पाएको मकिन्द्रका काका पुरिन्द्र शाहीले बताए । काका पुरिन्द्रका अनुसार मकिन्द्रका श्रीमती र एक छोरा छन् । 

त्यस्तै, मकिन्द्रका भाइ पर्ने डेनिल शाहीले पनि समाजिक सञ्जालमा समाचार देखेपछि दाजुको बारेमा जानकारी पाएको बताए । लामो समयदेखि कुनै सम्पर्क नभएका कारण दाजुबारे केही जानकारी नभएको समेत उनले बताए । 

मकिन्द्रकी आमा जनसरा शाहीले पनि नयाँ पत्रिकाले सामाचार प्रकाशन गरी जानकारी पाएको बताइन् । मकिन्द्रले अन्तिमपटक गत माघमा सम्पर्क गरेको उनको भनाइ छ । ‘छोराले कहिलेकाहीँ मात्रै सम्पर्क गथ्र्यो, ठिकै होला भनेको समाचार देखेपछि पो थाहा भयो,’ उनले भनिन् । छोरालाई सकुशल नेपाल फर्काइदिन उनले आग्रह गरिन् ।   

मानसिक अवस्था ठीक नभएका शाहीलाई मलेसिया क्वालालाम्पुरस्थित कोतरायाको कार पार्किङ गर्ने स्थानमा अलपत्र भेटिएका हुन् । शाहीसँग नागरिकता र एउटा फुटेको मोबाइल मात्रै थियो । नागरिकताअनुसार उनी बाजुरा जिल्ला साबिक बाई गाविस वडा नम्बर २ का नागरिक हुन् । मलेसियामा अलपत्र भेटिएका शाहीले १४ दिनेदेखि भोकै रहेको बताएका छन् । उनले कम्पनीको तालिम चलिरहेकाले आफू पार्किङमा आराम गर्न आएको बताए ।

सन् २०१८ मा नेपाल र मलेसिया सरकारबीच नि:शुल्क भिसा र टिकटमा कामदार लैजाने गरी श्रम सम्झौता भएको थियो । मलेसिया सरकारले हालै कामदारको न्यूनतम पारिश्रमिक मासिक १५ सय रिंगेट (नेपाली झन्डै ४५ हजार रुपैयाँ) पुर्‍याएको छ । पछिल्लो समय नेपालबाट मलेसिया जाने कामदारको संख्या बढी छ । खाडी मुलुकको तुलनामा उच्च पारिश्रमिक, सेवासुविधा, खुला नीति र सुहाउँदो हावापानी भएकै कारण नेपालीको आकर्षण मलेसियामा बढेको हो । मलेसियामा झन्डै चार लाख नेपाली कामदार रहेको अनुमान छ ।