
सरकारले कोसी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा एक आन्दोलनकारीको मृत्यु भएपछि सरकारले छानबिन समिति गठन गरेको छ ।
सरकारले गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
प्रदेश नामकरणको विषयलाई लिएर असन्तुष्ट पहिचान पक्षधरले गरेको आन्दोलनको क्रममा घाइते भएका लाजेहाङ लिम्बू (पवन) को हिजो मृत्यु भएको थियो । आन्दोलनमा प्रहरीको लाठीचार्जबाट उनी गम्भीर घाइते भएका थिए ।
५ चैतमा विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका लाजेहाङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो ।
‘कोसी’ प्रदेश नामकरणको विषयलाई लिएर मिति २०७९-१२-०५ गते मोरङ जिल्लाको विराटनगरमा भएको प्रदर्शनमा संलग्न लाजेहाङ लिम्बू (पदम लिम्बू) को मिति २०७९-१२-१० गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न मिति २०७९-२-११ गतेको (सम्माननीय प्रधानमन्त्री तथा गृहमन्त्री)को निर्णयबाट गृह मन्त्रालयका सहसचिव रामबन्दु सुवेदीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ,’ गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता जितेन्द्र बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।